कविता उपाध्याय/असोज १३, रोल्पा । पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । 

एकातिर राज्यले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/असोज १३, रोल्पा । पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । 

एकातिर राज्यले"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको पर्खाइमा

September 29, 2016


कविता उपाध्याय/असोज १३, रोल्पा । पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । 

एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने अर्काेतिर यहाँको समुचित विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताले पहल गर्न नसकेका यहाँका नागरिकको आरोप छ । “रोल्पाली नेता देशकै विशिष्ट स्थानमा पुग्दा पनि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यकताअनुसार चासो देखाएका छैनन्, अब कहिले र कसरी जिल्लाले विकासको गतिमा फड्को मार्ला ?” नागरिक समाजका अध्यक्ष घनश्याम आचार्यले भन्नुभयो । 

“जिल्लाले राष्ट्रिय रुपमा चर्चा पाउन सकेको छैन,” उहाँले भन्नुभयो । जिल्लाले हालसम्म सभामुख, उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत पाइसकेको अवस्था छ । तर उहाँहरुको ध्यान रोल्पातर्फ पुग्न नसकेको आचार्यको आरोप छ । “पर्यटन विकासका लागि जिल्लामा हवाई मैदानको आवश्यकता छ, यस विषयमा कसैले पनि चासो दिएका छैनन्,” उहाँले भन्नुभयो । 

जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको हुँदा यसतर्फ समयमै सरोकारवालाहरुको ध्यान जान सके वा पर्यटकीय क्षेत्रको समुचित विकास हुन सके जिल्लाले छोटो समयमा नै फड्को मार्न सक्ने उहाँको भनाइ छ । 

यस्तै स्थानीय विकास अधिकारी सुशील वैद्यका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिक र युद्ध पर्यटनका रुपमा जिल्लालाई विश्वमै चिनाउन सकिन्छ । “जिल्लामा पर्यटनका थुपै्र सम्भावना छन् । “जिल्लालाई प्रभु महाराजको जन्मस्थान रुन्टी भनेर चिनाउन सकिन्छ । यसका लागि गुरुयोजना तयार गरेर पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ,” उहाँले भन्नुभयो । 

राजनीतिक संयन्त्रसहितको प्रतिनिधिमण्डलले गत भदौ अन्तिम साता प्रधानमन्त्री, अर्थमन्त्री र पर्यटनमन्त्रीसमक्ष मागपत्र पेस गरेका थिए । पर्यटकीय क्षेत्रको विकासका लागि निकट भविष्यमा सम्वबन्धित ठाउँमा पुगी रुन्टी पर्यटन महोत्सव र जलजला पर्यटन महोत्सव गर्ने लक्ष्य लिएको वैद्यले बताउनुभयो । 

प्रचारप्रसारको अभाव र गुरुयोजना बन्न नसक्दा पर्यटकीय क्षेत्रको सम्भावना रहेको जिल्ला ओझेलमा परेको जिविसका कार्यक्रम अधिकृत दीपक डिसी बताउनुहुन्छ । पर्यटन क्षेत्रको विकासका लागि जलजलालाई पर्यटन प्रवद्र्धनका क्षेत्रमा विकास गरी सहिद पार्क, शान्तिवाटिका र द्वन्द्व सङ्ग्रहालय बनाउन मोटरबाटो र पदमार्ग निर्माण जरुरी रहेको उहाँको भनाइ छ । 

धार्मिक पर्यटन तथा युद्धसँग जोडिएका मुख्य स्थानहरु होलेरी, जलजला, थबाङ, जेलबाङ पर्यटनको मुख्य केन्द्र बन्न सक्छन् । तर यी सबै स्थानलाई समेट्ने गरी नयाँ ट्रेकिङ रुटको विकास गर्नु आवश्यक छ । जलजलाको घमिरे लेक, स्यूरीमा अवस्थित सुनछहरी झरना, राँकमा रहेको राँकमा धुरी, गामको विवाङ दह र कोठी भिर, इरिबाङ र तालाबाङको सिमानामा रहेको लहरी छहरालगायत स्थानको विकास जरुरी रहेको डिसीले बताउनुभयो । 

यस्तै रुन्टीलाई केन्द्रविन्दु मानेर झेनाममा रहेको शिव पार्वती गुफा, जुँगारमा रहेको शिव गुफा, सखिमा अवस्थित गढी लेक, चौबीसे राजाको गढी, खुंग्रीमा रहेको त्रिपुराश्वरी देवीको मन्दिर, शिवपञ्चायन मन्दिर, गजुलकोट तथा पाटेश्वरी भगवती मन्दिर, जलजला बराह क्षेत्रलगायतलाई समग्र धार्मिक पर्यटकीय क्षेत्रको प्याकेजका रुपमा अगाडी बढाउन सकिन्छ । 

यसैगरी यहाँ रहेका सांस्कृतिक सम्पदा, रीतिथित र परम्परा, सारङ्गी नाच, भुमा नाच, लोक नाच, पैस्यारु नाच, दमाहचाल नाच, जागना नाच, जोमारे नाच, जोरा नाच, ह्याम्पै नाच, ढोका सिंगारु नाच, झाम्रे नाचलगायतका नाच पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने डिसीको भनाइ छ । 

यहाँका विभिन्न किसिमका बाजालाई पनि पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण सम्पत्तिका रुपमा लिन सकिन्छ । मादल, डौरी, दमाहा, ट्याम्की, खैँजडी, ढ्याङ्ग्रो, मुरी, बाँसुरी, सहनाई, नरसिङ्गा, भोकर, पैजन, मुजरा, झ्याली र करताललाई संरक्षण गर्नु जरुरी रहेको सांसद अमरसिंह पुन बताउनुहुन्छ । जिल्लामा विभिन्न अवसरमा गाइने जोमारे गीत, सरैला÷भरैला गीत, साइलाबरै गीत, कथौता गीत, मरु अराउने गीत, ह्याम्पै गीत, ढोटासिंगारु गीत, जोरा गीत, माडिखोले गीत र न्याहो गीत लोप हुनबाट जोगाउन सकेमा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । 

सांस्कृतिक सम्पदा रोल्पाका लागि पर्यटकीय सम्पदा हुन् । जिल्लालाई पर्यटन र प्रवद्र्धनका क्षेत्रमा विस्तार गर्नका लागि पटक पटक उच्च तहमा छलफल गर्दैआएको सांसद पुन बताउनुुहुन्छ । काठमाडौँस्थित गोकर्ण पार्कको शाखा रोल्पामा विस्तार गर्नका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । “जलजलाको सिमसार क्षेत्र र बन्यजन्तु जगेर्नाका लागि वन मन्त्रालयले विभिन्न कार्यक्रमको तयारी गरेको छ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक