2026-07-05 07:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

असोज २२/ डडेल्धुरा | नेपाली पात्रोका अनुसार महाअष्टमी भोली भए पनि डडेल्धुरा जिल्लाको उग्रतारा भगवती मन्दिरमा भने बडा दशै अन्र्तगत महाअष्टमी पर्व आज मनाईदैछ । घटस्थापना देखि दिन गन्तीले आज आठौ दिन भएकाले उग्रतारा मन्दिरमा महाअष्टमीको मेलाको अवसरमा शनिबार मेला लागेको हो । सुदूर पश्चिमकै प्रसिद्ध शक्तिपिठ मध्ये डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा लाग्ने महाअष्ठमी मेलामा शनिबार बिहानै देखि दर्शनार्थीको घँुईचो लागेको थियो ।  हरेक बर्ष बडा दशैंको महाअष्ठमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईका जिल्लाबाट पनि महत्वका साथ मेला भर्न आउने गर्दछन् । 

महाअष्टमीका दिनमा भाकल गरे अनुसार राँगा, बोकाको बली दिने गरीन्छ । आजको दिनमा उग्रतारा मन्दिरमा दर्शन गरे मनले चिताएको पुरा हुने जनविश्वास रहँदै आएको छ ।  किम्वदन्ती अनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका वडा नं. ८ लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगे पछि देवी प्राकट् भएको र दर्शन दिए पछि बिधिवत रुपमा त्यस दिन देखि महागौरी दुर्गा र कालीकाको स्वरुपमा उग्रतारा भगवतीको पुजाआजा गर्दै आएको स्थानीयको भनाई छ । मेला भर्नका लागी छिमेकी जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डोटी सुदुरपश्चिम एवं भारतवाट समेत दर्शनार्थी आउने गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै