(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् । 

<"/>
2026-09-08 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

अझै ओझेलमा छन्, पाल्पाका पर्यटकीय गन्तव्य

(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् । 

सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्तव्य ओझेलमा पर्दा पर्यटकले त्यस क्षेत्रका बारेमा अझै पनि बेखर बन्दै आएका छन् । 

प्राचीनशैलीमा निर्मित यहाँका दरबार, रानीमहल दरबार, रिब्दिकोट दरबार क्षेत्र, भैरवमन्दिर, भगवती मन्दिर, अमरनारायण मन्दिर, सिद्धबाबा मन्दिर, ताल, तालभित्र मन्दिर, आदिम मानवको दाँत भेटिएको स्थान, नेवाकोट भैरवमन्दिर, सेनकालीन दरबारको भग्नावेशष, होमस्टे, तेजपात, सामुदायिक वन, मगर समुदायको संस्कृति र लद्यु जलविद्युत् आयोजनालगायतले पाल्पा पर्यटकलाई आकर्षण गर्ने स्थल भए पनि स्थानीयवासीको अग्रसरता र प्रचारका अभावमा यो ओझेलमा पर्दै आएको छ । 

तानसेनकै श्रीनगरडाँडा, भुवनपोखरीको रैनादेवी मन्दिर, अर्गली दरबार, पाल्पाको धवल पुस्तकालय, रैनादवी, बल्ढेगढी, दर्लमडाँडाको दर्लककाली मन्दिरलगायतका क्षेत्रको प्रचारप्रसार गर्नसकेको भए पाल्पामा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन्, यो क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्य हुने थियो । 

ऐतिहासिक महत्व बोकेका सम्पदासम्म पुग्न सडक सञ्जाल, खानेपानी, होटल तथा विद्युत्को उचित पहुँचका अभावमा पर्यटकीयस्थल ओझेलमा रहेको यहाँका पर्यटक व्यवसायी बताउँछन् । 

जिल्लाका ग्रामीण क्षेत्रका मठमन्दिर, दरबार, स्कुलमा काठका झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को पाइन्छ । तर, पर्यटकीय गन्तव्यका रुपमा रहेका त्यस्ता सम्पदाको संरक्षण हुन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् । पाल्पा दरबार सङ्ग्रालयमा हेर्ने लायकका वस्तु अझै जुटाउन सकेको छैन । 

रानीमहल दरबार क्षेत्रमा सडकको पहुँच भए पनि त्यसलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय ताराबहादुर श्रेष्ठले बताउनुभयो । 

यातायात, विद्युत्, सञ्चार, होटललगायतका पूर्वाधारलाई अझै सुविधा सम्पन्न ढङ्गले निर्माण गर्न खाँचो रहेको सरोकारवाला बताउँछन् । 

भैरवस्थानस्थित एसियाको ठूलो सुनौलो आकारको त्रिशूल रहेको भैरव मन्दिरमा सुनको जलप लगाइको पित्तलको त्रिशूल पर्यटकको आकर्षणका अर्को महत्वपूर्ण सम्पदा भए पनि यसको प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकको आगमन फिलतो भएको छ । 

सोह्रौं शताब्दीमा नै निर्मित मन्दिरको मोहडा पेगोडा शैलीको तीनतले मन्दिरमा पुजारीबाहेक अरु कोहीले पनि हेर्न पाउँदैनन् । तर भूइँतलाको माथिल्लो तलामा राखिएको बटुकभैरव सबैले दर्शन र पुजा गर्दै आएको मन्दिरका सञ्चालक समितिका पूर्व सदस्य लोकनाथ शर्मा बताउनुहुन्छ । 

तानसेनस्थित अमरनारायण मन्दिरमा पर्यटकले कलात्मक अनुभव लिन त्यहाँ पुग्ने गरेका छन् । मन्दिरका झ्याल, ढोका, थाम र पर्खालमा हातले कुदेका देवीदेवता र बाघका कलात्मक मूर्तिलाई पनि व्यवस्थित गर्न सकेको छैन् । 

विश्वको सबैभन्दा ठूलो शालिग्राम रहेको यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व झनै रहेको ऋषिकेश मन्दिरका पुजारी चुरामणि तिमिल्सेनाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित