टिकापुर पार्क : जे देखियो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
6 Min Read

राम प्रसाद लमिछाने

"जसरी टिकापुर पार्क
अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकका रूपमा
आउनेक्रम बढी रहेकोछ त्यसै गरि टिकापुर पार्क पिक्निक स्थल प्रदुषित बन्दै
गै रहेको पनि छ । अव्यवस्थित बसाइ, जहाँ मनलाग्यो त्यहिँ बन भोज टोलिले
उत्सर्जन गरेको फोहर, खानेपानी ट्याङ्की भएर पनि प्रयोग कर्ताहरूको
दुरूपयोगका सँगै उचित संरक्षण सम्बर्द्धन नहुँदा पिक्निक स्थल कतै फोहोरै
फोहोरले भरिएको डम्पिङ साइड पो हो कि भन्ने आभाष भैरहेको छ ।"

मङ्सिर महिना नेपाली संस्कृती पराम्परा अनुसार पनि बनभोजको महिना मानिन्छ । ऋतु पछिको शरद आगमनको सङ्घारमा वाली भित्र्याउने र न्वागी खाने महिनाका रूपमा प्रचलित महिना पनि हो मङ्सिर महिना । अर्को रूपमा बाल युवा वृद्धाहरू आफ्नै बारिको कुनै एक कुनामा स-परिवार, साथी-साथी, समुदाय आदि मिलेर मीठो मीठो परिकार बनाएर खाने र सुख दुख भुलेर रमाईलो गर्दै मनाउने एक चाडको रूपमा मनाउने प्रचलन पनि छ, यस महिनालाई । त्यो बाहेक संघ संस्थाहरूले पनि विभिन्न ठाउँमा भ्रमण अवलोकनका लागि अनुकुल महिनाका रूपमा छनोट गरेको महिना पाइन्छ मङ्सिर महिना । यसरी हेर्दा पनि सबै किसिमले  अनुकूल महिना मानिन्छ यो मङ्सिर महिना ।

यहाँ प्रसङ्ग के उठाउन खोजिएको भन्दा टीकापुर पार्क तथा पिक्निक स्पटमा जस्तो देखियो ती कुरा उठाउन खोजिएको हो ।

जसरी टिकापुर पार्क अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकका रूपमा आउनेक्रम बढी रहेकोछ त्यसै गरि टिकापुर पार्क पिक्निक स्थल प्रदुषित बन्दै गै रहेको पनि छ । यो पङ्क्तिकारले जस्तै धेरैले पनि पटकको टिकापुर पार्क तथा पिक्निक स्थलको भ्रमणको क्रममा पाएको कुरा हो । यहाँ जुन प्रकारले गति लिनु पर्ने हो नभएको पायो ।

यो पङ्तिकार प्रथम पटक स्कूले जीवनमा कक्षा दश मा अध्ययन गर्दै गर्दाको अवस्थामा पुगेको थियो । त्यसरी नै साथीहरूको साथमा साइकल सवार गरेर पुगेको थिएँ । यसरी नै बारम्बार आउँदा जाँदाको पार्कको अवस्थामा खासै परिवर्तन नभएता पनि पार्कको त्यो पुरानो सुन्दरता जस्ताको तस्तै भएको महशुस भयो । जति जति समय परिवर्तन र गतिशील बन्दै गए अनुसार खासै केही परिवर्तन भएको महशुस गर्न सकिएको छैन । परिवर्तनका नाममा पार्कको नगिचै पूर्व तर्फ कर्णाली नदिको तटीय क्षेत्रमा लामो तट बन्धन गरिएको पाइयो । जसले पार्कको सुन्दरतालाई थप सुरक्षा प्रदान दिइएको नकार्न सकिन्न । त्यसै गरि पिक्निकका लागि भनेर निर्माण गरिएका टहराहरू खानेपानीको व्यवस्था गरिएता पनि त्यसको सहि र उचित तवरले व्यवस्थित गर्न सकेको हो या नजानेको हो केही बुझ्न सकिएन । अझ भन्नू पर्दा सम्बन्धित निकाएले उचित व्यवस्थापनमा ध्यान दिन नसकेको स्पष्ट देखिन्छ ।
त्यहाँ नयाँ कुराको पक्कै पनि सुरूवात भने भएको मानिन्छ । स्थानीयहरूले रोजगारी पाएको, स्थानीय खुद्रा व्यापारीहरूको व्यापारले पक्कै पनि रोजगारीको सृजना सँगै दैनिक गुजारा चलाउनेहरूको रोजि रोटीको दिर्घकालिन व्यवस्था भने पक्कै अभिवृद्धी भएको नकार्न सकिँदैन ।

तथापि त्यस स्थलको जुन उद्देश्य र लक्ष्य अनुसार पार्क सँगै पिक्निक स्थलको विकास गरि पार्कको चौतर्फी विकास गर्दै रोजगार अनि पर्यटन प्रवर्द्धन गर्न खोजिएको छ, त्यसमा कतै कतै चुकेको हो या व्यवस्थापन गर्न नसकिएको हो । त्यहाँ स्थित पार्कको पूर्व तर्फ रहेको कर्णाली नदि किनारको पिक्निक स्थलको फोहोर मैलासँगै पिक्निकमा आउने आगन्तुकहरूले उत्पन्न गरेको फोहर मैलाले पार्कको शोभा हराउने त हैन भन्ने चिन्ता बढिरहेको स्पष्ट देख्न सकिन्छ । यसर्थ पनि भन्न सकिन्छ कि जुन रूपमा यो क्षेत्रको विकास संरक्षण र सम्बर्द्धन हुनु पर्थ्यो अलिकती पनि नभएको भान त्याहाँ पुगेर त्यस स्थानको अवलोकन गरेपछी आँकलन गर्न सकिन्छ ।

पछिल्लो पटक यहि मिति २०७३ साल मङ्सिर ०३ गते विद्यार्थी लिएर जाने अवसर जुरेको थियो । त्यस स्थानको फोहोर मैला, अव्यवस्थित बसाइ, जहाँ मनलाग्यो त्यहिँ बन भोज टोलिले उत्सर्जन गरेको फोहर, खानेपानी ट्याङ्की भएर पनि प्रयोग कर्ताहरूको दुरूपयोगका सँगै उचित संरक्षण सम्बर्द्धन नहुँदा पिक्निक स्थल कतै फोहोरै फोहोरले भरिएको डम्पिङ साइड पो हो कि भन्ने आभाष भैरहेको थियो । यो दृष्य देखेर अतिनै दुख लागेर आयो । सार्है चिन्तित पनि बनायो । के यस्तै भ्रमण र पिक्निकमा गएकाहरू स्वस्थ्य परिकार खान पाउलान रु के त्यहिँ बाट नया कुनै महामारी रोगको उत्पत्ती नहोला रुरु टिकापुर पार्क भ्रमण तथा पिक्निकमा आउने जो कोहि विद्यार्थिहरूले त्याहाँबाट के सिकेर जालान् ?  गम्भीर भएर सोच्नु पर्ने बेला भै सकेको छ । यसर्थ समय ढिला नहोस् र पछि पछाउताउनु नपरोस् पछिल्ला पिढिहरूले हामिलाई न धिक्कारून् ‍‍‍‍‍‍। यहि अभिलाषाले सम्बन्धित निकायका साथै सरोकारवालाहरूलाई थोरै भए पनि घच्घ्च्याई बनोस भन्ने उद्देश्यले यो पङ्क्तिकारले जानी नजानी यी शब्दहरू कोर्ने प्रयास गरेको हुँ । यसमा सबैको ध्यान पुगोस् ।

अन्त्यमा,
पार्कको गेटमा पुग्नासाथ जस्तो आनन्दको महशुस हुन्छ पार्क अनि पिक्निक स्थालमा पुग्दा पनि त्यो भन्दा बढी आनन्दमय तुल्याओस् । तसर्थ बेलैमा सचेत नागरिकको दायित्व सम्झेर पार्कको अस्तित्वलाई यथा बरकरार राखी रहन साथै पार्क नगिचैको पिक्निक स्थलको राम्रो सरसफाइले पार्कसँगै नदिको शोभा बढाउने दिर्घकालिन योजनाकासाथ राम्रो र कडा नियम  बसाली एउटा सु-संस्कारको थालनी होस् । यसले अहिलेका भन्दा पनि बढी आन्तरिक मात्र नभएर राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा ख्याती कमाओस् । जसरी टिकापुरको नाम प्रसिद्ध छ, त्यसै गरि टिकापुर पिक्निक स्थल पनि प्रसिद्ध हुँदै जाओस् । स्वच्छ, सफा हराभरा पार्क सँगै स्वस्थ पार्क बनोस् भन्नेमा सबैको ध्यान जाओस् । धन्यवाद ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply