सास । मंसिर २८, बर्दिया । 

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर २८, बर्दिया । 

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बर्दियामा हात्तीको पूजा : साझा सबाल सहकर्मी प्रभात सुवेदी सम्मानित

२०७३, २८ मंसिर मंगलवार १५:३०

सास । मंसिर २८, बर्दिया । 

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।

 

जिल्लामा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता तथा जङ्गली जनावरहरुको चोरी शिकारी नियन्त्रणको अभियानमा जुटेका युवाहरुको अभियान अन्तर्गत यस प्रकारको कार्यक्रमको आयोजना गरिँदै आएकोमा  चौथो हात्ती मेलाको उद्घाटन कार्यक्रम अन्तर्गत बर्दिया ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र नजिक हात्तीसार पिकनिक मैदानमा परम्परागत विधि अनुसार थारु तथा अन्य समुदायहरुबाट हात्ती पूजा गरिएको हो । हात्तीपूजासँगै एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडीएको छ । थारु परम्परा र हिन्दु सनातन परम्परा अनुसार हात्तीको पूजा गरीएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष एवम् कार्यक्रममा संयोजक हेमन्त आचार्यले बताउनुभयो ।


कार्यक्रममा हात्ती मेला, हात्ती पूजा तथा विविध सांस्कृतिक कार्यक्रमको अवलोकनका लागि स्वदेशी तथा विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

मेलामा स्थानीय थारु संस्कृतिको प्रतियोगितात्मक कार्यक्रमका साथै कलाकारहरु प्रभात सुवेदी, गोपाल नेपाल जि.एम., भूमिका गिरी लगायतले विभिन्न साङ्गितीक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले यस प्रकारका कार्यले पर्यटन प्रवद्र्धन गर्दै संरक्षणमा समेत साथ मिल्ने र जङ्गली जनावरहरुको नकारात्मक गतिविधीलाई न्यूनकिरण गर्दै लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सासका बर्दिया सम्पादक सम्मानित 

यसैबीच, कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण चोरीसिकार नियन्त्रण, पर्या पर्यटन र स्थानीय कला संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् प्रचारप्रसार कार्यमा पुर्याउनुभएको योगदानको उच्च कदर स्वरुप बर्दिया सम्पादक साझा सबालकर्मी प्रभात सुवेदीलाई रु. १० हजार नगदसहित सम्मान गरिएको छ । बर्दिया निकुञ्जको जैविक विविधता संरक्षणका र चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका क्रममा स्थानीय युवाहरुले गरेको कामको बारेमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज तथा चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान सञ्जालले हात्ती पूजा एवं हात्ती मेला कार्यक्रममा सुवेदीलाई रु. १० हजार नगद सहित कदर पत्रद्वारा सम्मान गरिएको हो ।

सम्मान लगत्तै कार्यक्रम सहजीकरणको जिम्मा लिनुभएका सुवेदीले यस सम्मानले आफूलाई अझ संरक्षणको क्षेत्रमा केही काम गर्नका लागि प्रेरणा जागेको र जिम्मेवारी थपिएको बताउनुभयो । वहाँ लगायत जिल्लाबाट विभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरु कमल पन्थी, यादव आचार्य, भावुक योगी, दीपक श्रेष्ठ लगायतका सञ्चारकर्मी तथा अन्य संरक्षणकर्मीहरुलाई समेत सम्मानित गरिएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित