सास । मंसिर २८, बर्दिया । 

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर २८, बर्दिया । 

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।

2026-10-30 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बर्दियामा हात्तीको पूजा : साझा सबाल सहकर्मी प्रभात सुवेदी सम्मानित

सास । मंसिर २८, बर्दिया । 

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।

 

जिल्लामा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता तथा जङ्गली जनावरहरुको चोरी शिकारी नियन्त्रणको अभियानमा जुटेका युवाहरुको अभियान अन्तर्गत यस प्रकारको कार्यक्रमको आयोजना गरिँदै आएकोमा  चौथो हात्ती मेलाको उद्घाटन कार्यक्रम अन्तर्गत बर्दिया ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र नजिक हात्तीसार पिकनिक मैदानमा परम्परागत विधि अनुसार थारु तथा अन्य समुदायहरुबाट हात्ती पूजा गरिएको हो । हात्तीपूजासँगै एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडीएको छ । थारु परम्परा र हिन्दु सनातन परम्परा अनुसार हात्तीको पूजा गरीएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष एवम् कार्यक्रममा संयोजक हेमन्त आचार्यले बताउनुभयो ।


कार्यक्रममा हात्ती मेला, हात्ती पूजा तथा विविध सांस्कृतिक कार्यक्रमको अवलोकनका लागि स्वदेशी तथा विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

मेलामा स्थानीय थारु संस्कृतिको प्रतियोगितात्मक कार्यक्रमका साथै कलाकारहरु प्रभात सुवेदी, गोपाल नेपाल जि.एम., भूमिका गिरी लगायतले विभिन्न साङ्गितीक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले यस प्रकारका कार्यले पर्यटन प्रवद्र्धन गर्दै संरक्षणमा समेत साथ मिल्ने र जङ्गली जनावरहरुको नकारात्मक गतिविधीलाई न्यूनकिरण गर्दै लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सासका बर्दिया सम्पादक सम्मानित 

यसैबीच, कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण चोरीसिकार नियन्त्रण, पर्या पर्यटन र स्थानीय कला संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् प्रचारप्रसार कार्यमा पुर्याउनुभएको योगदानको उच्च कदर स्वरुप बर्दिया सम्पादक साझा सबालकर्मी प्रभात सुवेदीलाई रु. १० हजार नगदसहित सम्मान गरिएको छ । बर्दिया निकुञ्जको जैविक विविधता संरक्षणका र चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका क्रममा स्थानीय युवाहरुले गरेको कामको बारेमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज तथा चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान सञ्जालले हात्ती पूजा एवं हात्ती मेला कार्यक्रममा सुवेदीलाई रु. १० हजार नगद सहित कदर पत्रद्वारा सम्मान गरिएको हो ।

सम्मान लगत्तै कार्यक्रम सहजीकरणको जिम्मा लिनुभएका सुवेदीले यस सम्मानले आफूलाई अझ संरक्षणको क्षेत्रमा केही काम गर्नका लागि प्रेरणा जागेको र जिम्मेवारी थपिएको बताउनुभयो । वहाँ लगायत जिल्लाबाट विभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरु कमल पन्थी, यादव आचार्य, भावुक योगी, दीपक श्रेष्ठ लगायतका सञ्चारकर्मी तथा अन्य संरक्षणकर्मीहरुलाई समेत सम्मानित गरिएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ