२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

होटल व्यवसायि संघ ओखलढुंगाको दोस्रो साधारण सभा सम्पन्न

२०७३, १६ पुष शनिबार ०२:५९

पुस १६,ओखलढुंगा । होटल व्यवसायि संघ ओखलढुंगाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष थगेन्द्रराज राईको अध्यक्षता तथा निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको प्रमुख आतिथ्यतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । यसैविच जिल्लामा सञ्चालित होटलहरुलाई थप व्यवस्थित र व्यवसायिक बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । सभालाई सम्बोधन दिदै अधिकांश बक्ताहरुले जिल्लाका होटलहरु निर्वाहमुखी मात्रै बढि भएकाले त्यसलाई थप व्यवस्थित र व्यवसायिक बनाउन सुझाव दिएका हुन् । साधारण सभाबाटै होटल  व्यवसाय सञ्चालनको निति बनाएर अघिबढ्न सबैले सुझाएका थिए । 

संघको साधारणसभाको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले पर्यटन विकासका लागि होटलहरुको महत्वपूर्ण भूमिका हुँने भन्दै होटलहरु व्यवस्थित,स्वच्छ, सफा हुनुकासाथै प्रभावकारी सेवा दिने ढंगले अघि बढ्नु पर्ने बताउनुभयो । लोकल मदिरालाई व्यवसायिक रुपमा उत्पादन गर्ने र पिउन योग्य बनाएर बजारमा विक्री वितरण गरिए त्यसलाई प्रशासनले सहयोग गर्ने तर त्यसो नगरे निगरानी गरिरहने उहाँको भनाई थियो । 

कार्यक्रममा नेपाली कांग्रेससका जिल्ला सचिव रुद्र अधिकारी,नेकपा एमालेका जिल्ला उपाध्यक्ष नेत्र प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका संयोजक मोहन खड्का, सङ्घिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धिरेन्द्र रुम्दाली, नेकपा माओवादी क्रान्तिकारीका रुद्र फुयाल लगाएतले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मिलन केसीले होटलहरुमा गैरकानुनी गतिविधि सञ्चालन नगर्न र अव्यवस्थित रुपमा मदीरा विक्री वितरण नगर्न आग्रह गर्नु भयो । होटलहरुलाई व्यवस्थित गर्न र समाजिक प्रतिष्ठा माथी आँच आउन नदिन आफु निरन्तर लागिगर्ने उहाँको भनाइ छ । प्रमुख केसीले प्रशासनले गलत नियतले काम नगर्ने समेत स्पष्ट पार्नुभयो । 

कार्यक्रममा होटल व्यवसायि संघका अध्यक्ष थगेन्द्रराज राइले अनेकौँ चुनौतिका बाबजुत बामेसर्दै गरेको व्यवसायि संघलाई सबै निकाय बाट सहयोग गरिनु पर्ने धारण राख्नु भयो ।   जिल्लाको पर्यटन विकासको एउटा महत्वपूर्ण अङ्ग होटल भएकाले यसलाई व्यवस्थित गर्दै सबै होटल व्यवसायिहरुलाई एक ढिक्का भएर छातासंगठनमा आउन आग्रह समेत गर्नुभयो । होटल व्यवसायि संघलाई जिल्ला तहका राज्यका निकायहरुमा हुँने महत्वपूर्ण निर्णय प्रकृयामा समेत सहभागि नगराइको प्रति राइले आपत्ती जनाउनुभयो । साधारण सभाकै अवसरमा संघले उत्कृष्ट व्यवसायि शेर्पा होटल एण्ड लजका प्रोपाईटर कन्नुरी शेर्पालाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा