हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी किल्लाका संरक्षणलागि एक करोड ९० लाख रकम विनियोजित

२०७३, ५ माघ बुधबार १६:५७

हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित गरेको नेकपा एमाले नगरकमीटी अध्यक्ष बिपीन ओझाले जानकारी दिन भयो । यस आर्थिक वर्षका लागि पहिलो प्राथमिकतामा अमरगढी किल्ला संरक्षणरमा राखेको छ । यो रकम अन्र्तगत पर्यटकिय हिसाबले अमरगढी किल्ला लाई पाँच फिट उचाइ र तिन मिटर फराकिलो ¥यालिङ र १० ओटा स्किप लाईट जडान गर्ने स्टिमेटमा उल्लेख गरेको छ । भने दोस्रो प्राथमिकतामा डडेल्धुरा जिल्लामा बस पार्क राखेको सहरी विकास कार्यालय दिपायल डोटीका ईन्जिनियर भुपेन्द्र जङ्ग केशरी चन्दले जानकारी दिनु भयो । बुधवार अमरगढी किल्ला पर्यटन पुर्वाधार क्षेत्र विकास समितिको बैठक र डडेल्धुरामा बसेको सर्वदलिय बैठकवाट डडेल्धुरा जिल्लामा बसपार्क आवश्यकता भएकोले सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गरे यस आर्थिक वर्ष भित्रै डडेल्धुरामा बसपार्क निमार्ण हुने समेत बताएका थिए । यस आर्थिक वर्षमा नयाँ बसपार्कका लागि रु.६० लाख बजेटमा उल्लेख छ भने पुरानो बसपार्कका लागि ५० लाख बजेट बिनियोजित गरेको छ । यस्तै उग्रतारा मन्दिरका लागि समेत बजेट विनोजित गरेको छ । पर्यटकिय हिसावले डडेल्धुरा जिल्लामा ऐतिहासिक मठ, मन्दिर, पाटि पौवा, कोट ताल किल्ला भएकोले यस को संरक्षणका लागि आगामि दिनमा विकास निर्माणका आधारमा (डिपियार) अध्ययन गरी बहुवर्षिय प्रक्रियामा प्रत्येक वर्ष विकास निर्माणमा रकम विनोयाजी हुने ईन्जिनियर चन्दले बताउनु भयो । अमरगढी किल्ला पर्यटन पुवाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविण जैरुले पुरातत्तो विभाग अमरगढी संग्राहलय अन्र्तगत ४६ लाख रुपयाँको बुकमा देखाए पनि २० लाख बराबरको काम गरेकोमा दुखेसो समेत पोखेका थिए ।

    डडेल्धुरा जिल्ला पहाडी जिल्लाको सुन्दर जिल्लाको रुपमा चिनिने भएकोले सहरी विकाशले बजेट बिनीयोजीत गरेको यस वर्षको रकम कुर्नै पनि हालतमा फ्रिज जान नदिन बैठकमा सवै राजनितिक दलहरुसमक्ष आफ्ना तर्कहरु राखेका सरोवारवालाको भनाई रहेको थियो । सर्वपक्षिय वैठकले सहरी विकास तथा भवन डिभिजन कार्यालयलाई तत्काल किल्ला  भित्र घेरवार गरि किल्ला भित्रको संरक्षणका साथै सौर्य वत्ति बाल्ने र गुरुयोजना बनाएर निर्माण कार्य अगाढी वढाउने निर्णय समेत गरेको थियो । पुरातत्व विभागमा अमर सिह थापा संग्राहलयको टेण्डर प्रक्रिया गरि निर्माण सुरु गर्ने समेत निर्णय भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ