केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई द"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पत्रकारलाई ‘पर्यटन फिचरलेखन’

२०७३, २ फाल्गुन सोमबार १६:३२


केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई दिवशिय ‘पर्यटकीय फिचरलेखन’ तालिम प्रदान गरिएको छ । अर्थतन्त्रको प्रमुख मुद्दा मानिने मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासमा योगदान पुर्याउने उद्देश्यले तालिम संचालन गरिएको आयोजकले जनाएको छ । मुलुकमा रहेका प्रमुख पर्यटकीय गन्तव्य, राज्यले लिएका राष्ट्रिय पर्यटन रणनीतिक योजना, संभावित पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं विकासमा पत्रकारहरुले खेल्ने भूमिका लगाएत विषयमा आधारित रहेर तालिममा छलफल गरिएको थियो । 

पर्यटनको विकासले नै मुलुकको अर्थतन्त्र बोलियो हुने भएकाले यसको प्रवद्र्धनमा पत्रकारहरुले ओझेलमा परेका क्षेत्रहरुलाई खोजी समाचारको रुपमा पस्केर राज्यको ध्यानाकर्षण गराउनुपर्ने प्रशिक्षक एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले आग्रह गरे । ‘पत्रकारहरुको प्रत्यक्ष संलग्नतावीना पर्यटन क्षेत्र फस्टाउन सक्दैन्’,उनले भने,‘पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पत्रकारहरुको महत्वपूर्ण हिस्सा हुन्छ ।’ 

तालिममा प्रदेश नम्वर ३, ४, ५, ६, ७ मा पर्ने १५ जिल्लाका ३० जना क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको आयोजक संस्था नेपाल पर्यटन पत्रकार मंचका प्रमुख कार्यकारी अधिकृत(सिइयो) रामेश्वर कार्कीले जानकारी गराए ।

पर्यटन क्षेत्रलाई राज्यले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा लिएपनि यस क्षेत्रको विकासमा अपेक्षाकृत रुपमा ध्यान नदिएको तालिमका प्रशिक्षक मंचका सल्लाहकार एवं नेकपा एमालेका पर्यटन प्रर्वद्धन विभाग प्रमुख सूर्य थापाले धारणा राखे । ‘आर्थिक क्षेत्रको मेरुदण्ड भनेर मात्र हुँदैन’,पत्रकारहरुको ध्यानकर्षण गराउँदै उनले भने,‘राज्यले गरेका प्रयास र गर्नुपर्ने विषयमा पत्रकारहरुले चिरफार गर्नुपर्छ ।’

नेपाल पर्यटन बोर्डका संचार परामर्शदाता शरद प्रधानले नेपालको पर्यटन क्षेत्रको विकासमा बोर्डले गरेको पहल र हालको विद्यमान अवस्थाको वारेमा जानकारी गराएका थिए । मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशिल सोट्टो नेपालका महासचिव मधुसुदन उपाध्यायले संस्था मार्फत देशभर भएका प्रयासका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए । 

पछिल्लो समय देशभर होमस्टे खुल्ने क्रम बढ्दै गएकाले यसको प्रर्वद्धनमा पत्रकारहरुले भूमिका खेल्नुपर्ने होमस्टे एशोसियसन नेपालका महासचिव एवं अमलटारी होमस्टेका संचालक प्रेमशंकर मर्दनिया थारुले आग्रह गरे । उनले होमस्टेको वारेमा देशभरको अवस्था समेत जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तालिम संचालन गरिएको मंचका प्रमुख कार्यकारी अधिकृत कार्कीले जनाएका छन् । तालिममा पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशिल टान, नाट्टा, एनएमए, हान, नार, होमस्टे, सोट्टो लगाएतका संस्थाहरुले सहकार्य गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने