२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला पर्यटन महोत्वसको तयारी तिब्र, साढे लाख बढी आर्थिक श्रोत जुट्यो

२०७३, ७ फाल्गुन शनिबार १७:५६

फागुन ७, दार्चुला | दार्चुला जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक दार्चुला पर्यटन महोत्सवको तयारी तिब्र भइरहेको छ । चैत्र ५ गतेदेखि १२ गते सम्म सञ्चालन गरिको दार्चुला पर्यटन महोत्सव २०७३ को विभिन्न तयारी तीव्र पारिएको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ । 

उद्योगा वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापाको अध्यक्षतामा आज बसेको वैठकले दार्चुला उद्योग वाणिज्य संघको मुल आयोजनामा संचालन हुन गइरहेको सुदुरपश्यिमाञ्चल क्षेत्रिय व्यापार मेला तथा दार्चुला पर्यटन महोत्सवका लागि आर्थिक  कारोबार गर्न राष्ट्रिय वाणिज्य बैङ्क दार्चुलामा महोत्सवको नामले उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापा र आर्थिक समितिका संयोजक गेल्बुसिह बोहराको सयुक्त हस्ताक्षरबाट खाता खोल्ने निर्णय र हालसम्म दार्चुला पर्यटन महोत्सवका लागि संकलन भएको आर्थिक प्रगती बारे सम्पुर्ण कार्यसमितिलाई जानकारी गराएको दार्चुला उद्योग वाणिज्य संघका महासचिव विसनसिह बोहराले जानकारी दिनुभएको छ । 

महोत्सवका लागि हालसम्म जिल्ला विकास समिति दार्चुलाबाट २ लाख ५० हजार १ सय रुपैया, नेकपा एमालेका केन्द्रिय सदस्य एवं व्यवस्थापिका सांसद गणेशसिँह ठगुन्नाबाट १ लाख, रीज्म एफ पीबाट १५ लाख, घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाबाट ४० हजार अपिनम्पा ५० हजार जिल्ला पशु सेवा कार्यालयबाट २० हजार खोनपानी तथा सरसफाई सव डिभिजनबाट ४० हजार, जिल्ला शिक्षा कार्यालयबाट २५ हजार तथा एक गाउँ एक उत्पादनबाट १ लाख ५ हजार रुपैया आर्थिक संकलन भएको छ । अझै जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी लगायत विभिन्न आयोजनाहरुलाई सम्पर्क गर्न बाँकी रहेकोले आर्थिक अझै जुट्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने