थोले देम्बा महोत्सव सफल पार्न भूमिका खेल्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

साझासवाल
2 Min Read

फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको जिल्लामा उपलब्ध सञ्चारकर्मीहरुको भेलाले आगामी २०७४ बैशाख १,२ र ३ गते हुने महोत्सवलाई भव्य बनाउन सञ्चारकाक्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । महोत्सव मुल आयोजक समितिका जिल्ला प्रतिनिधी पेमडोमा शेर्पाको उपस्थितीमा भएको छलफलमा सहभागि जिल्लाका सबै सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधीले मिडिया पाटनरको भूमिकामा रहेर सहुलियत दलमा सुचना तथा प्रचारप्रसार गरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । जिल्लामा सञ्चालनमा रहेका रेडियोहरु भिजन एफएम,सहयात्री एफएम,रमाईलो एफएम र आफ्नो एफएमबाट आजै देखि सुचना प्रसारण गर्ने र भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा नियमीत सुचना प्रकाशन गर्ने निर्णय समेत भएको छ । छलफलबाट महोत्सव मुल आयोजक समितिसँग आवश्यक समन्वय गर्न र छिमेकी जिल्लाका सञ्चारमाध्यमहरुसँग आवश्यक सहकार्यको वातावरण मिलाउन देम्बा महोत्सव मुल आयोजक समितिको सल्लाहका समेत रहेको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ प्रथम थोले देम्बा पर्यटन महोत्सव आगामी बैशाख १,२ र ३ गते ओखलढुंगाकै उच्च भागमा रहेको देम्बा डाँडामा हुँदैछ ।  महोत्सवको तयारी व्यापक भईरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । महोत्सव सफलपार्न आ आफ्ना ठाउँबाट भूमिका खेल्न उहाँले सबैलाई आवहन गर्नुभएको छ । पर्यटन प्रबद्र्धन गर्दै विकासका सम्भावनाहरु पहिल्याउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अहिले विभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम पनि जारी रहेको बुझिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply