फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीम"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पर्यटकीय क्षेत्र देवचुलीमा पर्यटन पूर्वाधार बनाउन माग

२०७३, २३ फाल्गुन सोमबार ०२:५९


फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीमा पूर्वाधार बन्न सकेको छैन । 

देवचुली संरक्षण र पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष पदमराज गिरीका अनुसार धार्मिक रुपमा तीनकन्या माईको मन्दिर, बाइसे–चौबिसे राजा रुद्र सेनको दरबार रहेको ऐतिहासिक ठाउँको पूर्वाधार विकासमा राज्यले ध्यान नदिँदा पर्यटकीय महत्व बोकेको ठाउँ नै ओझेलमा परेको हो । थारु र मगर समुदायको घनिष्ट सांस्कृतिक सम्बन्ध रहेको देवचुली क्षेत्र हो । 

महाभारत पर्वत शृङ्खलाको १९३६ मिटर उचाइमा रहेको देवचुली डाँडा आफैँमा प्राकृतिक मनोरम दृश्य बोकेको स्थल हो । त्यसमा १८०० मिटर उचाइमा ठूलो ऐतिहासिक गुफा छ । 

महाभारत पवर्त शृङ्खलालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न झेरीखण्डेमा मगर सङ्ग्रहालय, देवचुलीमा तीनकन्यामाईको मन्दिर, रुद्रपुरमा शान्ति पार्क, रुद्र सेनको दरबारको भग्नावशेष संरक्षणलगायतका योजना स्थानीय स्तरबाट अघि सारिएको भए पनि पूर्वाधारको लागि सरकारी ध्यान नहँुदा काम हुन नसकेको गिरीको भनाइ छ । 

यो ठाउँमा पर्यटकीय पूर्वाधार विकास हँुदा स्थानीयको रोजगारसँगै गरिबी निवारण सहयोग पुग्ने अपेक्षाले आफूहरुले स्थानीय स्तरमा नयाँ कार्यक्रम बनाएर जान लागेको अर्खलाका देवबहादुर सुस्लिङको भनाइ छ । 

देवचुलीको विकासले नवलपरासीको सुन्दरता थप्ने छ । स्थानीय निकाय र केन्द्रीय स्तरबाट यो ठाउँको विकासमा ध्यान दिँदा १० गाविसका स्थानीय बासिन्दाको आयस्तर बढ्छ । एकातिर ठाउँको चिनारी अर्कोतिर रोजगारीको सिर्जना हुने भएकाले यसको विकास अपरिहार्य भएकोमा स्थानीयले जोड दिएका छन् । 

यस क्षेत्रको विकासले खासगरी लुम्बिनी आउजाउ गर्ने पर्यटकको गतिलो गन्तव्य बन्न सक्ने देबुचुलीको विकासमा सबैको ध्यान पुग्नपर्ने पुग्ने पर्यटन पत्रकार मञ्च नवलपरासीका अध्यक्ष विद्रोही गिरीले बताउनुुभयो । 

स्थानीय प्रयासमा देबचुली डाँडाको टुप्पोमा भ्यूटावर निर्माण र त्यहाँ पुग्ने ढुङ्गेबाटो निर्माण भइसकेको छ । महेन्द्रराजमार्गको दलदले बजारबाट गाडीमा २० किलोमिटर यात्रा गरेर तीन घन्टा ठाडो उकालो चढेपछि देबचुलीमा पुग्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने