पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभि"/>
2026-09-08 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने

पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको हो । आवश्यक पूर्वाधार निर्माण लगाएतका काम तिव्ररुपमा भईरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । ‘देम्बा डाँडमा विद्युत र खानेपानीको पहुँच पु¥याउने काम अन्तीम चरणमा पुगेको छ’शेर्पाले भन्नुभयो ‘हामी स्टेज निर्माण र अतिथीको बसाई व्यवस्थापनको तयारी पनि भईरहेकै छ ।’ अबको केहि दिन भित्रैमा सम्पुर्ण तयारी पुरा हुने उहाँको भनाई छ ।

पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । तीन दिन सम्म सञ्चालन हुने महोत्सव विषेश कार्यक्रमको राष्ट्रपतिले उद्घाटन गर्ने र कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा सांसद र विशिष्ट व्यक्तिहरुको उपस्थिती रहने कार्यक्रम तय भएको हो । स्थानीय निर्वाचनका कारण महोत्सव प्रभावित हुन सक्ने केहि आवाज उठेको भएपनि पूवनिर्धारीत कार्यक्रम भएकाले प्रभावित नहुने सांसद यज्ञराज सुनुवारले बताउनुभयो । महोत्सवलाई पृथकरुप दिन र उपलब्धी मुलक बनाउने सबै क्षेत्रले भुमिका खेल्ने सांसद सुनुवारले विश्वास व्यक्त गर्नुभयो । महोत्सवलाई भव्य बनाउन प्रचारप्रसार लगाएतका कामहरु तिव्र पारिएको छ ।

थोलेदेम्बा,काठमाडौंबाट करिब २१५ किलो मिटर पूर्वोत्तरमा अवस्थित,ओखलढुंगाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सहत देखि ३१५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा,नेपालका उस्ता उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्ये १ हो । नेपालको नक्सा लिँदा प्रयोग गरिएका ७ वटा डाँडाहरु मध्ये प्रयोग भएको १ हो,थोलेदेम्बा । थोलेदेम्बाबाट आकर्षक दृष्यहरु प्रष्ट देख्न सकिन्छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम,विभिन्न खेलकुद कार्यक्रम,अन्य रोमाञ्चक कार्यक्रम तथा साँझ डि.जे.सेसन,झाँकी लगाएतका कार्यक्रमहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो