(भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि"/>
2026-09-08 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आकर्षक सुटिङस्थल बन्दै सोलुखुम्बुको पत्तालेडाँडा

(भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ । 

मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको दृष्यसँगै घुम्न मात्र होइन, विभिन्न कथामा बन्ने चलचित्र तथा भिडियो समेत निर्माणका लागि समेत उपयुक्त थलो रहेको चलचित्रकर्मी बताउँछन् । 

एक महिनादेखि ‘स्वर्ग मेरो गाउँ’ चलचित्रको सुटिङ युनिट सोलुखुम्बुको पत्तालेमा छ । उनीहरुले चलचित्रको ९० प्रतिशत सुटिङ पत्ताले र आसपासका क्षेत्रमा गरिसकेका छन् । अन्तिम गीतको छायाङ्कनमा ब्यस्त भएको चलचित्र युनिट अनुकूल मौसमबाट मोहित भएको प्रतिक्रिया दिन्छन् । चलचित्रकी नायिका भावना गुरुङले अब बन्ने चलचित्र तथा म्युजिक भिडियोका लागि पनि पत्तालेलाई सिफारिस गर्ने बताउनुहुन्छ ।

चलचित्रका निर्माता र निर्देशक रामकृष्ण बजगाईंले निर्माणाधीन चलचित्रको कथा समेत आफँैले तयार पार्नुभएको हो । चलचित्रले स्वर्ग नेपालमै भएको सन्देश दिने अपेक्षा उहाँले गर्नुभएको छ । बजगार्इं यहाँ अझै आधादर्जन कथामा चलचित्र छायाङ्कन गर्न सकिने सम्भावना दर्शाउनुहुन्छ । चलचित्रमा भावना गुरुङ र नरेन खड्कालगायतका दर्जनौँ कलाकर्मीले अभिनय गरेका छन् । 

नायक नरेन खड्का पत्तालेलाई सुटिङ हबको रुपमा विकास गर्न सकिने सम्भावना भएको बताउनुहुन्छ । सो डाँडामा यसअघि पनि केही गीतको म्युजिक भिडियो छायाँङ्कन गरिसकिएको छ । 

स्थानीय निकायले समेत पत्तालेलाई पर्यटन विकासको आशलाग्दो क्षेत्रको रुपमा लिएको अवस्थामा त्यस क्षेत्रको विकासका लागि स्थानीयको मत पनि एक देखिएको छ । 

स्थानीय अगुवा प्रकाश मगर पत्तालेमा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना रहेकाले विकासका लागि आशलाग्दो प्रयास भइरहेको बताउनुहुन्छ । सगरमाथासहित आठ हजारभन्दा माथिको उचाइ भएका करिब आधादर्जन हिमाल देख्न सकिने भएकाले पनि पत्तालेले धेरैलाई आकर्षण गरिरहेको छ । 

सो क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी पक्षले बेलैमा ध्यान दिनसके त्यस भेगका नागरिकलाई मात्र होइन, समग्र नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो