चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्र"/>

2026-09-08 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । बाँकी अन्य तालको क्षेत्रफल शून्य दशमलब ४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ । 

प्राकृतिक तालमध्ये २७ वटा तालमा स्थानीय बासिन्दाले माछापालन गरेका छन् । उपभोक्ता समूह र सामुदायिक वनले ठेक्कामा दिएर तालमा माछापालनको कार्य गरेका छन् । 

सामुदायिक वन र निकुञ्ज क्षेत्रमा रहेका २० तालमा प्राकृतिक रुपमा माछा रहे पनि व्यावसायिक माछापालनको कार्य नगरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । 

प्राकृतिक तालमध्ये शुक्लाफाँटा नगरपालिकामा १३, बेलौरी नगरपालिकामा आठ बेदकोट नगरपालिकामा छ, कृष्णपुर नगरपालिकामा चार, पुनर्वास नगरपालिकामा पाँच, महाकाली नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा चार, लालझाडी गाउँपालिकामा एक, भीमदत्तनगरपालिकामा एक र शुक्लाफाँटा निकुञ्जमा दुई गरी ४७ वटा ताल रहेको उहाँले जानकारी दिनुभयो । संरक्षण संवद्र्धनको अभावमा अधिकांश प्राकृतिक तालहरु पुरिँदै जान थालेका छन् । 

वर्षाको पानीले बगाएर ल्याउने माटो र बालुवाका कारण अधिकांश तालको अस्तित्व लोप हुने खतरामा रहेको अधिकृत जोशीले बताउनुभयो । 

“माछापालन गरिएका तालको संरक्षणका लागि केही रकम बर्सेनि विनियोजन हुँदै आए पनि अन्य तालको संरक्षणको कार्य हुन सकेको छैन” – उहाँले भन्नुभयो । चुरे फेदीमा रहेका दुई दर्जन बढी तालको सबैभन्दा बढी जोखिममा रहेको उहाँले बताउनुभयो । दुर्लभ चराचुरुङ्गी, सरिसृपको वासस्थान भएका यहाँका प्राकृति ताल पुरिन थालेपछि अस्तित्वमा खतरामा परेको छ । 

यहाँ रहेका सम्पूर्ण तालको क्षेत्रफल ३०० हेक्टर बढी रहेको अध्ययनकर्ताको भनाइ रहेको छ । प्रशस्त तालतलैया रहेको कञ्चनपुर जैविक विविधताले भरिपूर्ण रहेको छ । 

समुद्र सतहदेखि १६० मिटरदेखि १५२८ मिटरसम्म उचाइ रहेको यहाँ विशेष किसिमको जैविक विविधता पाइन्छ । तालमा २९ प्रकारका माछा, ११ किसिमका उभयचर तथा सरिसृपका साथै ३१ प्रकारको सिमसार क्षेत्र यहाँ पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो