भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । 

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । 

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा"/>

2026-09-08 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पाल्पामा कुडुले घर लोप हुँदै

भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । 

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । “पूर्वखोला– २, जल्पास्थित साकेनी, ढोलीमारा, साठ्ठीघरेमा अहिले कुडुले घर देख्न पाइँदैन”, स्थानीय बासिन्दा भीमिसारा आलेले बताउनुभयो । पहिले जल्पामा २५ भन्दा बढी कुडुले घर देखिए पनि अहिले एक दुई वटा मात्र देखिन्छ । ’ 

जल्पाका भीमबहादुर सारुले आफ्नो कुडुले घर केही समयअघि भत्केपछि निर्माण नगरिएको बताउनुभयो । उहाँको कुडुले घरमा ६ जनाको परिवार बस्थ्यो । कुडुले घरमा बस्दा सामूहिक भावना बढी हुन्छ । खरले छाएको कुडुले घरमा भित्र फराकिलो हुन्छ, एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउन समेत मिल्ने हुन्छ । घुमाउरो घर भएकाले छाउन भने निकै समस्या हुन्छ । 

खर र डाँडाभाटा बढी लाग्ने, उज्यालो कम, झ्याल नहुने र धुवाँ बढी हुने गरेकाले पनि मानिसमा कुडुले घरप्रतिको आकर्षण कम हँुदै गएको सारुको भनाइ छ । पहिला पातीमा माटाले लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुंगा माटाले पर्खाल उठाउने चलन रहेको सारु बताउनुहुन्छ । 

ग्रामीण क्षेत्रमा यसको महत्व कम भए पनि शहरी क्षेत्रमा भने बढेको छ । होटल तथा रिसोर्टमा कुडुले घरका नमुना देख्न पाइन थालेको छ । मेला तथा महोत्सवमा समेत कुडुले घरका झल्को पाइन्छ । निस्दी, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा प्रशस्त देखिने कुडुले घर अहिले देखिन छाडेको स्थानीयवासीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो