पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/480e253b024080b53808f38dfd4cc5f71503649180.jpeg" style="width: 25%; float: left;"><b>भदौ ९, पोखरा ।</b> पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि रु २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् । <br></p><p>बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने कार्यक्रम संयोजक गणेश भट्टराईले जानकारी दिनुभयो । </p><p>उहाँका अनुसार छुट्टाछुट्टै चार टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा खाद्यान्न, म्याट्रेस, झुल र ब्लाङ्केटलगायतका सामग्री छन् । रासस </p>

