पढ्न करिब 4 मिनेट लाग्छ

मनोज पराजुली। फागुन २७, धादिंङ । धादिंङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित धुँवाकोट क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै ओझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकास गरि प्रचार गर्नको लागि विभिन्न कार्यक्रमहरु शुरु गरेका हुन् ।

विगतमा नाग पुजा गरिंदै आएको सो ठाउँमा हाल शिवरात्रीको अवसर पारेर शिव लिङ्गको प्राण प्रतिष्ठा गराई मन्दिरको विधिवत उत्घाटन समेत गरिएको छ। सो निर्माणका लागि नेपाल पर्यटन वोर्डबाट कुल ३१ लाख १० हजार बजेट छुट्याईएकोमा जम्मा २६ लाख ५५ हजार प्राप्त भएको भंगेरिचुली शिवमन्दिर संरक्षण समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए। २०७२ साल बैशाखबाट निर्माण शुरु गरिएको मन्दिर र मन्दिरसम्म पुग्नको लागि सिंडी निर्माणको लागि पर्यटन वोर्ड बाहेक स्थानीय जनश्रमदानबाट पनि सहयोग प्राप्त भई सम्पन्न भएको श्रेष्ठले बताए। भंगेरिचुली मन्दिरलाई डडेलोबाट जोगाउँदै क्षेत्रको संरक्षण गर्दै बस्ने भवन बनाउन, वरिपरी बार लगाउन आवश्यक रहेको श्रेष्ठको भनाइ छ।

भंगेरिचुली बारे किम्बदन्ती के छ ?

भंगेरिचुली नेपाल एकीकरण हुनुभन्दा पहिले घलेराजाले शासन गरेको ठाउँ रहेको स्थानीय कृष्ण प्रसाद श्रेष्ठ बताउँछन्। राजाहरुको सिपाहीको लागि पर्यट खेल्ने ठाउँको रुपमा टुँडिखेल अहिलेपनि रहेको उनले बताए। घले राजाको उद्गमस्थल भएको केहि पुराना संरचनाका इट्टाहरु पनि भेटिएको उनी बताउंछन्।

भंगेरिचुलीमा घले राजाको बुबा – छोरी बस्ने गरेका र राजाको निधन पश्च्यात छोरी मात्र रहेकोले छोरी एक्लै बस्न नसकेर सबै सम्पति त्यहि गाडेर काठमाडौंगएको किम्बदन्ती रहेको श्रेष्ठले बताए।

सो ठाउँमा लट्टाधारी जोगी आएर तपस्या गरि बसेको ठाउंमा ब्रह्मचारी आएर जोगीको शिर छेदन गरेको किम्बदन्ती रहेको पाइएको श्रेष्ठले बताए। तरवारले शिर छेदन पश्च्यात टाउको र जीउ छुटिएकोले भीरबाट लड्दै गरेर तल झरेको टाउको तल्लो भागमा पुगेकोले भंगेरी भैरव र जीउ माथिल्लो भागमा अड्किएकोले भंगेरी भैरवी देवीको रुपमा भोगखानीको पुजा गर्न शुरु गरिएको बुढापाकाको भनाइ रहेको श्रेष्ठले बताए।

विगतदेखि हिउँदको समयमा पानी नपरेपछि खिर चढाएर पुजा गर्ने गरिएको, देवी वा भंगेरी आएर भैरव भएर प्रसाद खाने गरेको र हर हर महादेव भन्दै पूजा गरेपछि पानी पर्ने गरेको मन्दिरका पुजारी पण्डित नरहरी न्यौपानेले बताए।

धुँवाकोटबाट के के देखिन्छ ?

धुँवाकोटको भंगेरिचुली डाँडाबाट गणेश हिमाल, मानापाथी लगायत हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ। भंगेरिचुली डाँडाबाट पूर्वमा नुवाकोट, पश्चिममा गोरखा, उत्तर र दक्षिणमा धादिङकै भूभाग पर्दछ। सोहि ठाउँबाट मध्ये पहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको सामरी र धादिंङको कटुन्जे, सेम्जोङ मार्पाक लगायत नेत्रावती गाउँपालिका क्षेत्रमा सिधा रुपमा जोडिएका सडकको दृश्यावलोकन गर्न सकिछ। भंगेरिचुली मन्दिरसम्म पुग्नका लागि तलबाट करिब १२ सय सिंडी निर्माण गरिएका छन् ।

यस क्षेत्रमा घलेराजाहरुले प्रयोग गरेको ढिकी जाँतो देखेको र सो हालपनि रहेको स्थानीय समाजसेवी कृष्ण प्रसाद रिमाल बताउँछन् । त्यस समयमा घले राजाहरुले डाँडामा बसेर शासन गर्दा त्यहाँबाट तल हेर्दा जनताको घरमा खाना पकाउन धुँवा आएको देखेपछि मात्र आंफु खाना खाने गरेको कारणले नै यस ठाउँको नाम धुँवाकोट राखिएको बुढापाकाको भनाइ रहेको रिमालले बताए। पर्यटकीय हवको रुपमा विकास गर्नको लागि पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटा, निलकण्ठ न.पा.१४ नम्बर वडा अध्यक्ष फोंद्रा तामांङ् र वडा सदस्यहरुका साथै वासु श्रेष्ठ, कृष्णकुमारी घिमिरे, शिवकुमार श्रेष्ठ, नवराज दुवाडी, कृष्ण प्रसाद श्रेष्ठ लगायत सबै धुँवाकोट बासीको भूमिका उल्लेख्य रहेको कारण अहिलेको अवस्था सम्भव भएको रिमालले बताए।

जनप्रतिनिधि के भन्छन् ?

धादिंङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीले भंगेरिचुली क्षेत्रलाई समेट्दै पर्यटकीय हिसाबले समेट्ने गरि सुनौला बजार, खाल्टे, काउले, धुँवाकोटको पात्ले, भंगेरिचुली देखि कटुन्जेको थर्पु , सेम्जोङ,मार्पाक, सत्यदेवी हुँदै गणेश हिमालसम्म पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्ने काम शुरु भएको बताउंछन्। लोहनी भन्छन् “पैदल मार्गका लागि गाउँको विच विच खण्डमा काम भएको छ, सबैलाई जोडेर काम गर्न बाँकि छ त्यसलाई अब पुरा गर्छौं।’’

भंगेरिचुली क्षेत्रलाई टुरिजम हव बनाउनको लागि मास्टर प्लान अनुरुप डीपीआर तयार गरिएको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले जानकारी दिए। डीपीआर तयार भएपनि निर्माणका लागि आवश्यक आर्थिक श्रोत जुटाउन नगरपालिकाले सबैसंग सहकार्य गरिरहेको ढुंगानाले बताए। हालसम्म नगरपालिकामा २ र ९ नम्बर वडामा भ्यु टावर निर्माण गरिसकेको ढुंगानाले बताए।