2026-09-08 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

साउन ३, रुपन्देही  | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताउनुभयो । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै”, उहाँले भन्नुभयो । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उहाँले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताउनुभयो । प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको बताउनुभयो । 

“लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको रकम मात्रै निकालेर सार्वजनिक ग¥यो तर सङ्घीय सञ्चित कोषको रकम त्यसमा सामेल छैन । खानेपानी,  सिँचाइ र सडकको योजना सोझै केन्द्रीय कोषबाट प्राप्त गरेका थियौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने बताउनुभयो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले बिहीबार आर्थिक वर्ष ०७५-०७६ मा ६३ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले गत वर्षको प्रारम्भिक विवरण सार्वजनिक गर्दै चालूतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम