2026-09-08 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रत्नेचौरको तोरीबारी घुम्न खुला

फागुन १, गलेश्वर । पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम  र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा  थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ ।

म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ । उत्तरपट्टी चाँदी झै टल्केका धवलागिरि हिमशृङ्खला, पश्मिबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँट, फाँटैभरी गहुँको हरियाली र पहँेलै फुलेको तोरीको मिश्रणले अकर्षक लाग्ने दृश्यका कारण  फाँटकोबीच भागमा पीच गरिएको पक्की सडकमा तस्बीर खिच्न र टिकटक बनाउन व्यस्त युवायुवती तथा वयस्कहरुको भीडले रत्नेचौरको रौनक बढाएको हो ।

तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटको पहेँलपुर तोरीबारीमा मखमलीको चोलो तथा पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, माडबारी, तिलहरी, औंठी, चुराजस्ता जनजातिको संस्कृति र वेषभूषा झल्किने पोशाकमा सजिएर तस्बीर लिने गरेका छन् ।रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद गर्नाका लागि रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब रु ६० हजार आम्दानी गरेको छ ।

 सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमका लागि रु  ३० हजारमा १० सेट त्यस्ता गहना र पोशाक खरिद गरेको सहकारीका सचिव सुलोचना केसीले बताउनुभयो । “तोरीबारीले मगर समुदायको वेषभूषाको पनि प्रचारप्रसार भयो र सङ्कलित रकमलाई जातीय पोशाक प्रवद्र्धनमै खर्च गछौं” उहाँले भन्नुभयो ।

रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयवासीलाई रु १०० र बाहिरबाट  आउनेलाई रु २०० लिने गरेको छ । रत्नेचौरलाई कृषिको हब बनाउन स्थानीय युवा अग्रसर भएका छन् । कृषि पर्यटनको प्रचुर सम्भावना रहेको त्यस स्थानकोे विकासका लागि अग्रसर भएका स्थानीय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीका अनुसार जगतगुरु हिमालयन बाबाको योजना अनुसार रत्नेचौरमा निर्माण हुन लागेको पार्कलाई रत्नपार्क नामाकरण गरेर त्यहाँ पृथ्वी आकारको भ्यू टावरको काम अगाडि बढाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो