सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवर"/>

2026-09-08 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

एकै महिनामा ४२ देशका पर्यटकको आगमन

फागुन २, काठमाडौँ | हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन ।

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ तर यसवर्ष हिँउ परेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, हिउँ नपरे पनि झन विदेशी पर्यटक बढेका छन्”, प्रमुख गौतमले भन्नुभयो । 

नयाँ वर्षको योजना बनाएर कोरियाका पर्यटक मनाङ भ्रमणमा आएका थिए । उनीहरूले यहाँको भन्दा बढी चिसोमा बसिरहेका हुनाले  हिउँदमा त्यहाँका पर्यटक बढी आउने गरेको उहाँले बताउनुभयो । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायत विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएका थिए ।

त्यस्तै फ्रान्सका ३६, अष्टे«लियाका ३४, बेलायतका २१, जर्मनका २१, अमेरिकाका १५, बेल्जियमका १३, भारतका १२ र नेदरल्याण्ड्सका १० पर्यटक भित्रिएका र अन्य देशबाट भने अलिकम पर्यटक भित्रिएको प्रमुख गौतमको  भनाइ थियो ।  

“चिसोका कारण प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई मात्र तिलिचो ताल र थोराङ्ला भएर जान अनुमति दिएका छौँ । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ”, उहाँले भन्नुभयो, “यसवर्ष मनाङमा हिमपात हुने स्थिति देखिएको छैन ।”

“हिमपात भएमा  हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरूपमा यात्रा रोकिन्छ  तर यसपटक हिमपात नभएकाले  पर्यटकलाई आवश्यक सतर्कता अपनाएर जान  दिइएको   प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो । 

यात्राको जोखिम हेरेर पर्यटकले सम्बन्धित निकायसँग सहकार्य र समन्वयमा यात्रा गर्न सुझावसहित पदयात्रामा जान दिइएको उहाँको भनाइ थियो । 

यस वर्ष हिमपात नहुँदा मनाङमा हिउँ खेल्ने आन्तरिक पर्यटक भने भित्रिन सकेका छैनन् । हिमपात भएको अवस्थामा भने आन्तरिक पर्यटक हिउँ खेल्न र हिउँ छुनकै लागि मनाङ आउने गर्दथे । 

पर्यटकले हिमाली तथा पहाडी दृश्य, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सौन्दर्य हेर्नाका साथै मनाङबाट थोराङ्ला हुँदै मुस्ताङ वा पोखरा जान अन्नपूर्ण पदमार्ग प्रयोग  गर्छन् । उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित