४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

३ फाल्गुन २०७९, बुधबार ०३:१६

फागुन ३, फुङ्लिङ | विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ ।

कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उहाँ बताउनुहुन्छ । पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् ।

फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिनुभयो ।

“कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्”, घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भन्नुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एशियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए ।   विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ ।

कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौँबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुगिन्छ । यहाँ आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै