साउन २७, सोल | उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ । 

प्राप्त समाचारअनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, सोल | उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ । 

प्राप्त समाचारअनु"/>

2026-06-24 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता

साउन २७, सोल | उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ । 

प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच सो फोनवार्ता भएको हो । 

उहाँहरुबीच शुक्रबार फोनवार्ता भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै सोलबाट प्राप्त समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकार चुन यि योङले उहाँका अमेरिकी समकक्षी एचआर म्याकमास्टरसँग फोनवार्ता गर्नुभएको बताइएको छ । 

उहाँहरुबीच करिब ४० मिनेटसम्म वार्ता भएको थियो । उहाँहरुले उत्तर कोरियाली अवस्थाको बारेमा कुराकानी गर्नुभएको ब्ल्यु हाउसले जनाएको छ । 

हालैका दिनमा उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणका विषयका साथै यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनावका बारेमा सो फोनवार्तामा कुराकानी भएको थियो । 

उत्तर कोरियाले यदि यस्तो खालको क्षेप्यास्त्र परीक्षण गरेका त्यसका विरुद्धमा एक साथ लड्नेगरी आगामी दिनमा नियन्त्रणात्मक कार्यक्रमहरुको तयारी गर्ने बारेमा सो अवसरमा कुराकानी भएको बताइएको छ । 

यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका शङ्कास्पद र उत्तेजक क्रियाकलाप सीमा क्षेत्रमा पछिल्लो समयमा गरेको नभेटिएको बिहीबार मात्र जनाएको थियो । 

उत्तर कोरियाले फेरि पनि आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिण कोरियाले पछिल्लो समयमा निगरानी गरिरहेको जनाएको थियो । सोही अनुसार उसले बिहीबार उक्त कुरा जनाएको थियो । 

दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरिएको छ र उताबाट त्यस्तो कुनै उत्तेजक क्रियाकलाप भएको नदेखिएको बताएको हो । 

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका यी दुई देशबीच सत्रुतापूर्ण सम्बन्ध रही आएको छ । 

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट कुनै प्रकारको वार्ता पनि भएको छैन । 

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।  वार्ता र त्यसपछि पारिवारिक पुनर्मिलनको कार्यक्रम राखिएको भए पनि सो प्रस्तावको कुनै जवाफ उत्तरले दिएको छैन । रासस÷सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता