२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

२०७५, ५ बैशाख बुधबार ०८:३०

वैशाख ५  वासिङटन | अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । 

लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उहाँको अहिले निधन भएको हो । 

उहाँले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आउनु भएको थियो । 

स्वर्गिय बारबारा बुस उहाँका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेल्नु भएको थियो । 

उहाँ सन् २००१ र सन् २००९ मा राष्ट्रपति हुनुभएका जर्ज डब्लु बुसकी आमा समेत हुनुहुन्छ ।

 श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उहाँ एक मात्र अमेरिकी महिला हुनुहुन्छ । 

त्यस बाहेक उहाँ साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिनुहुन्छ । उहाँले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाईरहनु भएको बताइएको छ । 

“जीवनको अन्तिम घडीसम्म पनि उहाँले हामीलाई पथ प्रदर्शकको रुपमा घच्घच्याईरहनु भयो, बारबारा बुस जस्तो आमा पाउनु मेरोलागि भाग्यको कुरा हो, उहाँलाई गुमाउनु पर्दा हाम्रो परिवारले रित्तो महसूस गरेका छौ, साथै उहाँको लागि प्राथना गरिदिनु भएका सवैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु,” जर्ज डब्लु बुसद्धारा जारी वक्तव्यमा भनिएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पनि उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । 

राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसद्धारा जारी वक्तव्यमा उहाँलाई लामो समयसम्म सम्झिरहने र उहाँ सधै अमेरिकी र परिवारको लागि प्रेरणाको श्रोत भईरहने उल्लेख गरिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता