2026-06-24 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजिनामा

2018-04-24

वैशाख १० अर्मेनिया | हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएको छ । 

“वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भन्नुभयो । “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु ।” 

प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको सम्मान गर्दै राजिनामा दिएको प्रधानमन्त्री सार्गस्यानले बताउनुभएको छ । 

अर्मेनियाको प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्राक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा पूर्व राष्ट्रपतिसमेत रहेका सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको वन्दी बनाएको भन्दै भएका प्रदर्शनपछि ६३ बर्षीय प्रधानमन्त्रीले राजिनामा दिनु भएको हो । 

उहाँले यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता