2026-06-24 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी, ट्रम्पलाई चुनौती

2019-01-13

पुस २९, सान एन्टोनियो, | संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ । 

आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ । 


अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम घोषणा गर्नेक्रम शुरु भएको छ । यसक्रममा डमोक्र्याटिक पार्टीबाट दर्जनौं नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

आप्रवासन र सीमा सुरक्षाका विषयमा आक्रामक छलफलहरु भइरहेका बेला देशको विविधतालाई ख्याल गर्नुपर्ने क्यास्ट्रो पक्षधरको भनाइ छ । 

सान एन्टोनियोको ऐतिहासिक ग्वाडालुप प्लाजामा ठूलो भिडका बीचमा ४४ वर्षीय क्यास्ट्रोले भन्नुभयो, “म अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहन्छु ।” 

मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रवासीहरुको परम्परा तथा मर्मका बारेमा धाराप्रवाह बोल्नुभएको थियो । 

क्यास्ट्रोलाई डेमोक्र्याटिक पार्टीमा उदाउँदो ताराका रुपमा चिनिन्छ । उहाँ ओबामा मन्त्रिपरिषद्को सबैभन्दा कान्छो सदस्य हुनुहुन्थ्यो । 

आगामी निर्वाचनमा राष्ट्रपतिको अर्का उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै हुने देखिएकाले क्यास्ट्रोले ट्रम्पलाई चुनौती दिन सजिलो हुने दाबी गरिएको छ । 

ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने मुख्य एजेण्डा बनाउनु भएकाले पनि मेक्सिकोबाट आएका क्यास्ट्रो उनका लागि गतिलो प्रतिस्पर्धी हुने ठानिएको समाचारमा उल्लेख छ । 

तर, डेमोक्र्याटिक पार्टीको “प्राइमरी”मा पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स तथा कमला ह्यारिस र अर्बपति व्यापारी माइकल ब्लूमबर्ग पनि दौडमा छन् । हवाई राज्यकी तुल्सी गब्बार्डले पनि चुनावी प्रतिस्पर्धामा भाग लिने बताइसक्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ