२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाम्बियाजस्तै उज्बेकिस्तानमा भारतीय खाेकीकाे औषधी खाँदा १८ बालबालिकाको मृत्यु

२०७९, १४ पुष बिहीबार ०६:१४

पुस १४, काठमाडौँ | उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले बुधबार समरकन्दमा कम्तीमा १८ बालबालिकाको भारतमा बनेको सिरप पिउँदा मृत्यु भएको जनाएको छ । डक वान म्याक्स नामको यो सिरप नोएडाको मेरियन बायोटेकले बनाएको थियो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले यस विषयमा एक विज्ञप्ति जारी गर्दै यो सिरपको प्रयोगशाला परीक्षणको क्रममा यसमा एथिलिन ग्लाइकोल नामक दुषित पदार्थ भेटिएको जनाएको छ । बच्चालाई डाक्टरको सल्लाह बिना भारी मात्रामा यसको सेवन गराइएको पनि बताइएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्राप्त गरेको यो सिरपको शीशीको प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धानबाट यो सिरपमा एथलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको खुलेको छ । एक किलोग्राम परिमाणमा एक देखि दुई एमएल मिसाएर तयार पारिएको सिरपको ९५ प्रतिशत गाढा घोल पिउनाले बान्ता, बेहोस हुने, मुटुको समस्या देखि मृगौला फेल हुने जस्ता समस्या हुन सक्छ ।’

दुषित इथिलीन ग्लाइकोल र डी–एथलिन ग्लाइकोल एउटै पदार्थ हुन् जुन यसअघि गाम्बियामा ७० बालबालिकाको मृत्युसँग जोडिएको भारतीय–निर्मित सिरपका चार ब्रान्डमा फेला परेको थियो ।

विश्व स्वास्थ्य संगठनले इन्डियन एक्सप्रेससँगको कुराकानीमा विश्व स्वास्थ्य संगठन उज्बेकिस्तानमा स्वास्थ्य विभागको सम्पर्कमा भएको र यो घटनाको अनुसन्धानमा सहयोग गर्नका लागि तयार भएको बताएको छ ।

सिरप बनाउने कम्पनी मेरियन बायोटेक र केन्द्रीय स्वास्थ्य मन्त्रालयले यो मामिलामा इन्डियन एक्सप्रेसको प्रश्नको जवाफ दिएको छैन ।

उज्बेकिस्तानको मन्त्रालयले डोक १ म्याक्समा प्यारासिटामोल पाइने भएकाले औषधि पसलको सल्लाहमा बालबालिकालाई रुघाखोकीका लागि यो औषधि दिएको बताएको छ ।

बच्चाहरुको मृगौलामा क्षति

अस्पतालमा भर्ना गराइञ्जेलसम्म बालबालिकाले यो औषधी दुईदेखि तीन दिनसम्म तीन वा चार पटक २.५ देखि ५ एमएल सेवन गरे जुन बालबालिकाका लागि निश्चित मात्राभन्दा बढी हो ।यो विज्ञप्तिमा यो पनि भनिएको छ, ‘शरीरको तापक्रम ३८ देखि ३८.५ डिग्री सेल्सियस हुँदा एक वर्ष मुनिका बालबालिकालाई १०० देखि १२५ मिलिग्राम औषधि खुवाउनुपर्छ । एकदेखि तीन वर्षका बालबालिकालाई २०० मिलीग्राम र तीनदेखि पाँच वर्षका बालबालिकालाई २५० मिलिग्राम औषधि खुवाउनुपर्छ । तर शरीरको तापक्रम सामान्य हुँदा यो औषधि खानु हुँदैन ।’

उजबेकिस्तानका स्थानीय समाचारपत्रहरूले समरकन्दस्थित बाल अस्पतालबाट क्षेत्रीय स्वास्थ्य प्रमुख डाभ्रोनबेक जुमेनोजोभलाई डिसेम्बर १५ मा लेखेको पत्रलाई उद्धृत गर्दै दुई महिनाभित्र बालबालिकामा मृगौला बिग्रिएका र मृगौला फेल भएका २१ वटा घटना भएको जानकारी दिइयो । बालबालिकाले पिसाब फेर्ने जस्ता समस्याको सामना गर्नुपर्यो र १७ बालबालिकालाई डायलाइसिसमा राखियो जसमध्ये १५ जनाको मृत्यु भयो । यसपछि डक १ म्याक्स सिरप र ट्याब्लेटको बिक्री बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले अभिभावकलाई सर्तक रहन र सात कर्मचारीलाई बालबालिकाको मृत्यु हुनुको कारण र सही विश्लेषण र आवश्यक कदम उठाउन सफल नभएका कारण निलम्बन गरिएको छ ।

उज्बेकिस्तानमा भएको घटना गाम्बियामा भएको त्रासदी जस्तै हो जहाँ भारतीय निर्मित सिरप पिएर कथित रूपमा ७० बालबालिकाको मृत्यु भएको थियो। यो सिरपमा पनि इथिलीन ग्लाइकोल र डाइ–इथिलिन ग्लाइकोल रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी