2026-08-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धोकेबाज’ गीतबारे शिव परियारको प्रष्टीकरण : चोरेर गाएको होइन, अप्राकृतिक विवाद निकालियो

चैत ७, काठमाडौँ | पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवादमा तानिएपछि गायक शिव परियारले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिनेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन् । उनले ‘धोकेबाज हौ तिमी’ गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्कीजी’ नै रहेको स्पष्ट पारेका छन् ।

एक अन्तरवार्तामा परियारले ‘धोकेबाज’ गीत बारे दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन।

उनले दिएको उक्त अन्तर्वार्तापछि दर्शकले ‘धोकेबाज’ गीतको क्रेडिट आफूले लिन खोजेको बताउँदै उनलाई आलोचना गर्न थालेका हुन।

यस्तो छ उनको पोस्ट

धोकेबाज हौ तिमी प्रेस विज्ञप्ति….

धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक विचार– पहिला कसले गाएको ? पछि कसले गाएको ? भन्ने बनी बनाउ कन्ट्रोभर्सी  खबरबाट मेरा सबैजना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन विनम्र अनुरोध गर्दछु । ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्की जी’ ले आधिकारिक रूपमा मेल ,फिनेल र चाइल्ड तीन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ र प्रकाशन गर्नु भएको छ । यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन, छैनौ र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ । यस गीतलाई मेल, फिनेल, चाइल्ड यी तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक गायिका हुन । यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यकता मैले देखेको छैन । आधिकारिक रूपमा स्पष्ट पार्दछु । यति सहज र सरल र विषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ । यो वास्तविकतादेखि सतर्क र सावधान भइदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझी गालीगलौजको भाषा प्रयोग गरेर कमेन्ट गर्न हतार नगरौँ । मेरा समस्त प्रिय शुभचिन्तकहरूमा अनुरोध गर्दछु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध