२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धोकेबाज’ गीतबारे शिव परियारको प्रष्टीकरण : चोरेर गाएको होइन, अप्राकृतिक विवाद निकालियो

७ चैत्र २०७९, मंगलवार ०८:०८

चैत ७, काठमाडौँ | पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवादमा तानिएपछि गायक शिव परियारले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिनेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन् । उनले ‘धोकेबाज हौ तिमी’ गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्कीजी’ नै रहेको स्पष्ट पारेका छन् ।

एक अन्तरवार्तामा परियारले ‘धोकेबाज’ गीत बारे दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन।

उनले दिएको उक्त अन्तर्वार्तापछि दर्शकले ‘धोकेबाज’ गीतको क्रेडिट आफूले लिन खोजेको बताउँदै उनलाई आलोचना गर्न थालेका हुन।

यस्तो छ उनको पोस्ट

धोकेबाज हौ तिमी प्रेस विज्ञप्ति….

धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक विचार– पहिला कसले गाएको ? पछि कसले गाएको ? भन्ने बनी बनाउ कन्ट्रोभर्सी  खबरबाट मेरा सबैजना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन विनम्र अनुरोध गर्दछु । ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्की जी’ ले आधिकारिक रूपमा मेल ,फिनेल र चाइल्ड तीन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ र प्रकाशन गर्नु भएको छ । यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन, छैनौ र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ । यस गीतलाई मेल, फिनेल, चाइल्ड यी तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक गायिका हुन । यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यकता मैले देखेको छैन । आधिकारिक रूपमा स्पष्ट पार्दछु । यति सहज र सरल र विषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ । यो वास्तविकतादेखि सतर्क र सावधान भइदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझी गालीगलौजको भाषा प्रयोग गरेर कमेन्ट गर्न हतार नगरौँ । मेरा समस्त प्रिय शुभचिन्तकहरूमा अनुरोध गर्दछु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल