2026-11-02 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

चैत २७, मोरङ | दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । 

आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धामी घोषित भए । यसअघि भएको सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पुलिस क्लब, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार तथा तेस्रो हुने टोलीले रु २५ हजार र ट्रफि प्राप्त गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द