2026-07-25 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्वोच्चलाई प्रहरी महानिरीक्षकको जवाफ- प्रधानमन्त्री दाहाल विरुद्ध जाहेरी परेको छैन

चैत ३०, काठमाडौँ | प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध जाहेरी नपरेको बताएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले गत फागुन २६ गते ज्ञानेन्द्रराज आरण र चिरञ्जिवीवास गिरी लगायतको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको थियो। इमेल मार्फत जाहेरी पठाए पनि दर्ता नगरेको भन्दै रिटमा प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।

रिटमा २०७९ कात्तिक ९ गते इमेलमा दाहाल विरुद्ध जाहेरी पठाइएको दाबी गरिएको छ। तर‚ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सर्वोच्चलाई पठाएको लिखित जवाफमा भने उक्त जाहेरी प्राप्त हुन आएको अभिलेखमा नदेखिएको जिकिर गरिएको छ। चैत २७ गते सर्वोच्चमा दर्ता भएको जवाफमा लेखिएको छ, ‘प्रहरी कार्यालयमा प्राप्त वा दर्ता नभएको जाहेरी दरखास्तको सम्बन्धमा थप कानूनी कारबाही हुने अवस्था नहुने भएकाले यस कार्यालय मौन रहेको भन्ने जिकिर तर्क संगत छैन।’

यसका साथै रिट निवेदनमा उठाइएको विषयवस्तु द्वन्द्वकालीन घटनासँग सम्बन्धित भएकाले त्यस्ता घटनाको अनुसन्धान र छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने पनि जवाफमा उल्लेख छ।

माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्रै जिम्मेवारी आफूले लिने धारणा राखेका थिए। यही अभिव्यक्तिका आधारमा द्वन्द्वकालमा आफ्नो परिवारको सदस्य गुमाएका आरण, गिरी सहितले सर्वोच्चमा रिट हालेका हुन्। रिट विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ