असोज ८, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा प्रभावशाली खेल पर्दर्शन गरेका छन् ।

सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा प्रभावशाली खेल पर्दर्शन गरेका छन् ।

सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा सन्दिपको डेब्यू, पहिलो खेलमै धमाका

२०७३, ८ आश्विन शनिबार १०:४१

असोज ८, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा प्रभावशाली खेल पर्दर्शन गरेका छन् ।

सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा क्लार्ककै क्लब वेष्टर्न सबअर्ब्सबाट डेब्यू गरेका हुन् । खेलमा वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटको जित हात पारेको छ । हालै मात्र १६ वर्ष पुरा गरेका नेपाली बलर सन्दिपले सबैको ध्यान तान्न सफल भएको अष्ट्रेलिया क्रिकेटले जनाएको छ ।

सन्दिप सोमबार मात्र अष्ट्रेलिया पुगेका थिए । गत मेमा हङकङमा क्लार्कसँगै खेलेपछि उनलाई अष्ट्रेलियाबाट खेल्ने अवसर जुटेको हो । उनले डेब्यू खेलमा ८ ओभरमा १ विकेट लिएर १७ रन दिए ।

क्लार्कले पनि सन्दिपको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन् । उनले भनेका छन् 'सन्दीपको यो राम्रो सुरुवात हो । 

सन्दिपले आफ्नो दुई ओभरमा नै पिच कन्डिसन बुझेको र त्यसपछि आफ्नो पेश परिवर्तन गर्दै बलिङमा भेरिएसन ल्याएको भन्दै क्लार्कले प्रशंसा गरे ।

उनले भने, सन्दिपसँग क्षमता छ, यसमा कुनै शंका छैन । तर, मलाई लाग्छ उनले यो भन्दा धेरै गर्नुछ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा