२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका कञ्चनपुरका किसानलाई क्षतिपूर्ति

९ आश्विन २०७३, आईतवार ०७:३७

असोज ९, कञ्चनपुर । वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ । 

गत वर्ष हात्तीले बालीनालीमा क्षति पुर्याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरणमा ६५ जनालाई क्षतिको मूल्याङ्कनका आधारमा रु पाँच हजार र रु १० हजारका दरले यस वर्ष क्षतिपूर्ति रकम उपलब्ध गराएको वन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो । 

“हालसम्म रु सात लाख रकम हात्तीले क्षति पुर्याएका किसानलाई क्षतिपूर्तिबापत उपलब्ध गराएका छौँ” – उहाँले भन्नुभयो । 

पीडित किसानको निवेदन, कृषि विकास कार्यालयले मूल्याङ्कन गरेको क्षतिको विवरण, लालपुर्जा, नागरिकता, प्रहरीको मुचुल्काका आधारमा क्षतिपूर्तिका लागि क्षेत्रीय वन निर्देशनालयमा सिफारिस गरी रकम उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । 

हात्तीको झुन्डले विशेष गरी धान फल्ने बेला, उखु उत्पादन हुने बेला र गहुँ पाक्ने बेला यहाँ बढी क्षति पुर्याउने गरेको छ । 

भारतीय दुधुवा नेसनलपार्कबाट छिर्ने जङ्गली हात्तीको झुन्डले यहाँका पुनर्वास नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बाइसे विचवा, रैकवार विचवा, शङ्करपुर, देखतभूली र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी क्षति पुर्याउने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ