2026-08-24 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय महिला लिगमा चम्किइन् सावित्रा, लगातार ह्याट्रिक

वैशाख १७, काठमाडौँ | नेपाली महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ । मैदानमा उनले गर्ने गोलका कारण उनी गोल मेसिन नै बनेकी छन् ।

चाहे राष्ट्रिय टिममा होस् या क्लब लेभलमा उनको गोल गर्न माहिर छिन् । नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन्जिला तुम्बापो सुब्बासम्म भारतीय महिला लिग खेलिरहेका छन् ।

त्यसमा पनि गोकुलम केरलाबाट खेलिरहेकी सावित्राको उत्कृष्ट प्रदर्शन जारी छ । दुई पटक भारतीय लिग जितिसकेकी सावित्राले गोकुलम केरलालाई लगातार दोस्रो जित दिलाउने क्रममा ह्याट्रिक गरिन् ।

पहिलो खेलमै इस्ट बंगाल विरुद्ध ५ गोल गरेकी सावित्राले शनिबार ओडिसा स्पोर्ट्स विरुद्ध चार गोल गरिन् । गोकुलम केरलाले भने दुवै खेलमा ८ गोल गर्‍यो ।

पहिलो खेल ८-२ ले जितेको गोकुलमले दोस्रो खेल ८-१ ले जित्यो ।

सावित्राले खेलको सातौं मिनेटमै गोल गरी अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सुमिताले स्पोर्ट्स ओडिसाका लागि बराबरी गोल फर्काएकी थिइन् । तर पहिलो हाफमा भिभियनले २८औं र डांगमाई ग्रेसले ४३ औं मिनेटमा गोल गर्दा गोकुलम केरालाले ३-१ को अग्रता बनायो । दोस्रो हाफमा सावित्राले ६२औं र ६३औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने ७९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

यस्तै शिल्कीले ७०औं मिनेटमा गोल गर्दा भिभियनले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

स्पोर्ट्स ओडिसाबाट नेपाली राष्ट्रिय टिमकी अर्की परवार्ड रेखा पौडेल पनि खेलेकी थिइन् । यसअघि पहिलो खेलमा गोल गरेकी रेखाले सावित्राको टिम विरुद्ध भने गोल गर्न सकिनन् ।

लगातार दोस्रो जितपछि गोकुलम केराले समूह ए मा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते