असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकार"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एक हप्ते आधारभूत सहकारी तालिम सम्पन्न

१० आश्विन २०७३, सोमबार ०५:२७


असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकारी व्यवस्थापन तालिम आइतबार सम्पन्न भएको हो ।
     उक्त तालिममा आधारभूत सहकारी व्यवस्थापन सम्बन्धी सहकारी संचालकहरुलाई तालिम दिइएको थियो । तालिमबाट निकै राम्रो ज्ञान पाएको सहभागीहरुले बताए । सहकारीहरुले आधाभूत सहकारी व्यवस्थापन गर्न नसकेका कारण धेरै सहकारी संघसंस्थाहरु सर्वसाधरणको पहुँचमा पुग्न नसकेको सहभागीहरुले बताए । यता तालिम समयसमयमा गर्नुपर्ने सहभागीको भनाई थियो । कार्यक्रममा सहकारी निरिक्षक शोभकान्त शर्मा, प्रशिक्षार्थी मिना केसी, राजेन्द्र खड्का, याम बहादुर केसी लगाएतले बोलेका थिए ।  संजिविनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सहकारी निरिक्षक श्रीराम शर्माले गरेका थिए । उक्त तालिममा चुवा, बाजुङ, देउपुर, देउराली, भुकताङ्गलmे तिलाहार र राम्जा देउरालीका २० सहकारीका २५ जना सहभागी थिए । यसैविच संविनी बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक २ करोड बराबरको कारोबार हुने संस्थाका अध्यक्ष सागर जिसीले बताए  ।२७ जना शेयर सदस्यबाट संचालन भएको उक्त सहकारीको अहिले शेयर सदस्य १ सय ५९, साधरण सदस्य १ सय ७० रहेको उनले जानकारी दिए । २७ हजारबाट शुरु भएको संस्थाको हाल ५६ लाख शेयर पुर्जी पुगेको जिसीको तर्क छ । संस्थाले दलित, अपाङ्गता, एकल महिला, असाय, अल्पसंख्यक, जेष्ठ नागरिकलाई विशेष प्रथामिकता दिएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी