2026-07-24 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकैदिन सप्तरीमा तीनजनाले गरे आत्महत्या

वैशाख २४, सप्तरी | सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । 

राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने शिसन मण्डलको ३५ वर्षीया श्रीमती तिलाठी मण्डल र राजविराजकै वीरेन्द्र साहका २६ वर्षीय छोरा विवेक साहले आइतबार आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार देव कुमारीले आफ्नै सुत्ने कोठाको फलामको बलोमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । घरायसी विवादका कारण नाम नखुलेको विषादी सेवन गरेकी तिलाठीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता सिंहले बताए । 

विवेक भने होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी फतेपुर सप्तरीले जनाएको छ ।  सप्तकोसी नगरपालिका–१ फतेपुर चोकस्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा झुण्डिएर विवेकले आत्महत्या गरेका हुन् । 

उनी शनिबार साँझ होटेल पुगेर बास बसेका प्रहरीको भनाइ छ । होटल सञ्चालक अशोक चौधरीले बिहान कोठाहरू चेकजाँच गर्ने क्रममा कोठा खोलेपछि झ्यालबाट हेर्दा विवेक सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएको देखेका हुन् । यी तीनवटै घटना आत्महत्याजस्तो देखिए पनि विभिन्न कोणबाट अनुसन्धान भने भइरहेको प्रहरी प्रवक्ता सिंहले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन