2026-09-24 02:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत उडें

असार २९, काठमाडौँ । बुधबार बेलुका कागजात शंकास्पद भनि एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत प्रस्थान गरेका छन् । 

उनिहरुको आजसम्म मात्र भिसाको अवधि भएको कारण म्यानपावरले बाध्य भई अर्कै टिकटमा पुन: प्रयास गर्दा अध्यागमनले रोजगारमा जान दिएको निलकमल एचआर म्यानपावरका संचालक जयराम भुर्तेलले साझा सबाल मिडियालाई जानकारी दिए । भुर्तेलका अनुसार नौ जना श्रमिक तिनै हुन् जसलाई बुधबार बेलुका शंकास्पद कागजात भन्दै अध्यागमनले कुवेत जान दिएको थिएन । आज बिहानको उडान मार्फत कुवेत जाने क्रममा रहेकाहरुमा ८ जना महिला र १ जना पुरुष रहेका छन् । 

अध्यागमन कार्यालयले गत बुधबार राति १०१ जना र बिहिबार बिहान १६ जना श्रमिकलाई वैदेशिक रोजगारमा जान रोकेको थियो । रोकिएकाहरु मध्ये अधिकांशलाई शंकास्पद कागजात भनिएको र केहीलाई बोर्डीङ लिन ढिलो गरेको कारण देखाईएको थियो । बैधानिक रुपमा सबै कानुनी प्रक्रिया पुरा गरेर वैदेशिक रोजगारमा पठाउने क्रममा श्रमिकहरुलाई अनावश्यक दु:ख दिईएको विषयमा आज दिउसो नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दैछ ।  

सम्बन्धित समाचार पढ्नुहोस् 

‘कुवेत जाने क्रममा एअरपोर्टमै रोकिएका ११७ जना युवाको टिकट अध्यागमनले तिर्नुपर्छ’

शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी