२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दलित सचेतना समाजको बजेट ४ करोड बढी

१४ आश्विन २०७३, शुक्रबार ०८:५०

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । दलित सचेतना समाज नेपालले आर्थिक वर्ष २०७३/०७४ कालागि ४ करोड बढीको बजेट सार्वजनिक गरको छ । 

संस्थाको साधारण सभाले चालु आर्थिक वर्ष २०७३÷०७४ कालागि ४ करोड ६७ लाख ४० हजार ६ सय ६६ रुपैयाँ बराबरको प्रस्तावित बजेट पास गरेको निर्देशक कुमार विशंखेले जानकारी दिए ।

 त्यसमध्ये प्रशासनिकतर्फ २१ लाख ५१ हजार ५ सय ३९ रुपैयाँ, सामाजिक परिचालन तथा क्षमता विकासमा २८ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ ३ लाख ३९ हजार रुपैयाँ, झोलुङ्गे पुल निर्माणमा ८ लाख ९७ हजार रुपैयाँ, तरकारी पकेट क्षेत्रतर्फ ४ लाख ९९ हजार ८ सय ३३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

संस्थाको आफ्नै हलमा आयोजित साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन अडियो भिजुवल प्रविधिबाट प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले आर्थिक वर्ष २०७२÷०७३ मा २ करोड १८ लाख ९३ हजार २ सय ८४ रुपैयाँ बराबरको कारोबार गरेको छ । 

संस्थाले आफ्नै तथा समुदायको लागतमा सो आर्थिक वर्षभित्र ३ करोड ७४ लाख १७ हजार ४९ रुपैयाँका विभिन्न कार्यक्रम सन्चालन गरेको जनाएको छ । त्यसमध्ये ६२ लाख ६ सय २३ रुपैयाँ जनशक्ति परिचालन र व्यवस्थापन, १ करोड १६ लाख ७२ हजार २ सय ६१ रुपैयाँ समुदायको क्षमता विकास र शशक्तिकरणमा, ४० लाख १५ हजार रुपैयाँ घुम्तीकोष तथा १ करोड ५५ लाख २३ हजार ७६५ रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कृष्णबहादुर बस्नेत र मनकुमारी लिम्बूलाई पुरस्कृत गरेको छ । यस्तै उत्कृष्ट सामुदायिक संस्थातर्फ बसन्तपुरको भुल्के सामुदायिक संस्था, सुदापको सुनगाभा सामुदायिक संस्था, फाक्चामाराको चन्द्रमुखी सामुदायिक संस्था, म्याङलुङ्गका देवी चौतारा महिला समूह र लामाटोल नागरिक सचेतना केन्द्र तथा उत्कृष्ट उद्यमीको रुपमा कालिखोला सामुदायिक बन उपभोक्ता समूहकी लालीमाया मगरलाई पुरस्कृत गरेको छ । 

साधारण सभाको खुला सत्रमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, विशेष अतिथि पुर्व जिविस सभापति किशोरचन्द्र दुलाल, गैरसरकारी संस्था महासंघका पुर्वान्चल क्षेत्रीय समिति सहसचिव अर्जुन ढुंगाना, नेकपा एमालेका जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फे, संघीय समाजवादी फोरमका जिल्ला सचिव तिर्थ अधिकारी, राप्रपाका इन्द्र कोइराला, नेकपा मालेका जिल्ला सचिव यामनाथ दाहाल, राष्टिय जनमोर्चाका जिल्ला सचिव भीम विक, मधेशी जनअधिकार फोरमका जिल्ला सचिव सुवर्ण सुवेदी, जिविस स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष उद्धव तिम्सीना, महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष शान्तिला कार्की, गैरसरकारी संस्था महासंघका जिल्ला प्रेम फोम्बो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अनभुतिबम नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य