असोज १५, भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप "/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतसँग २५ बुँदे सम्झौता गरेको दिन रातभर निन्द्रा लागेन: भट्टराई

१५ आश्विन २०७३, शनिबार ०७:३८

असोज १५, भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । 

नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भने — भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको छ । 

संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै “प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ,' उनले भने ।

सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा दिए । 

डा.भट्टराईले भने–“पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न सक्दैन, देश विकास र समृद्धितर्फ अगाडि बढ्छ ।” 

‘प्रचण्ड’ले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उउनले भने–“प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्रैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।” 

डा.भट्टराईले भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न आम नेपाली नागरिकलाई आग्रह गर्दै “भारतसँग भएको २५ बुँदे सहमतिमा के के छन्, भन्ने आमनागरिकलाई थाहा छैन, त्यसलाई गम्भीर भएर अध्ययन गर्नुहोस् ।” 

सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाए । 

“पहिला भुटानको परराष्ट्र नीति पनि भारतले आफ्नो मातहतमा ल्याएर भुटानलाई प्रयोग ग¥यो,”–भट्टराईले भने-“अहिले भारतले त्यही नीतिअनुरुप नेपालसंग सम्झौता गरायो, प्रधानमन्त्रीले गरेको सम्झौताले अब परराष्ट्र नीतिमा नेपाल स्वतन्त्र हुनसक्दैन ।” 

भारत र पाकिस्तानमा देखिएको द्वन्द्वको परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र बिचार कसरी राख्छ भन्ने प्रश्न गर्दै उनले मुलुकमा जनतालाई क्रान्तिकारी हुँ बनेर भ्रम फैलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागेको आरोप लगाए । 

अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उनले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश