धुर्ब बिष्ट/असोज १७ डडेल्धुरा
नजिकिदो दशै–तिहार सँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई फेरी तिब्रता दिएको छ । बजारमा लेवल नभएको, म्याद सकिएको सामाग्रीको बेचविखन भईरहेको उपभोक्ताहरुको गुनासोलाई ध्यानमा राखी सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिदै छ । सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीको नेतृत्वमा गएको बजार अनुगमनको टोलीले भात्काडाँ बजार देखि अनुगमन थालेको थियो ।