2026-11-01 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दियामा च्याउ खेतीको तालिम सम्पन्न

असोज १८, बर्दिया । बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम सोमबार गुलरियामा सम्पन्न भएको छ । 

तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार युवा सहभागीलाई गोब्रे च्याउखेती प्रविधिको परिचयको महत्वका बारेमा वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यालय प्रमुख परशुराम रावतले तालिम दिनुभएको थियो । 

सो तालिममा गोब्रे च्याउ खेतीका लागि आवश्यक सामग्री तथा कम्पोस्ट मल तयार गर्ने तरिकाबारे कृषि विकास कार्यालयका अधिकृत विराज सुवेदीले तालिम दिनुभएको थियो । 

तालिममा अधिकृत जयबहादुर महतराले कन्ये तथा गोब्रेच्याउ खेतीका लागि टनेल तथा घर निर्माण गर्ने तरिका र व्यवस्थापनको तालिम दिनुभएको थियो । 

सोही तालिममा च्याउको परिचय, महत्व, प्रकारका बारेमा अधिकृत घनश्याम कार्कीले तथा कन्ये च्याउको खेती प्रविधिको गोब्रे च्याउ खेतीका लागि ब्याड बनाउने, बीउ छर्ने, छोप्ने, टिप्ने तरिकाका बारेमा अधिकृत तारा शर्मा र अधिकृत कमल तामाङले तालिम दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द