असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अन्तर्गत मतगणना जारी छ।
मतगणनाको प्रारम्भिक नतिजामा सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ।
कुल ८५ मत खसेकोमा ५० मत गनेर सकिँदा पारसले २९ मत पाएका छन्। प्रशान्तविक्रमको पक्षमा २१ मत खसेको छ।
पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।