असोज १९, काठमाडौं | एसियन गेम्सको पुरुष क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ । अब उसले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ ।
चीनको हान्झाउमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।
उसका लागि उमर युसुफले सर्वाधिक २४ रन बनाए । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा फरिद अहमदले ३ तथा कैस अहदम र जाहिर खानले २–२ विकेट लिए ।
११६ रनको लक्ष्य अफगानिस्तानले नूर अलीको ३९ रनको मदतमा १७.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।