2026-06-28 09:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अनाधिकृत मैदानभित्र प्रवेश गरेपछी ‘जार्भो-६९’ लाई आईसीसीको प्रतिबन्ध, विश्वकपको कुनै पनि खेल हेर्न नपाउने

असोज २२, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘जार्भो—६९’ लाई भारतमा जारी एकदिवसीय विश्वकपको कुनै पनि खेल हेर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले अब रंगशालामा पुगेर विश्वकपका कुनै पनि खेल हेर्न पाउने छैनन् । 

विश्वकपअन्तर्गत आइतबार चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा भारत र अस्ट्रेलियाबीचको खेल खेलिएको थियो । भारत र अस्ट्रेलियाबीचको त्यो खेलका क्रममा ‘जार्भो—६९’ को नामले चर्चित ड्यानियल जार्भिस अचानक मैदानमा प्रवेश गरेका थिए । 

उनले यसअघि पनि खेलका क्रममा यस्तै चर्तिकला देखाउँदै आएका थिए । पहिलो ओभरको पहिलो बल फाल्ने तयारी भइरहँदा उनी सुरक्षाकर्मीहरुलाई झुक्याउँदै मैदानभित्र प्रवेश गरेका थिए । मैदानभित्र प्रवेश गरेर उनले विराट कोहली, केएल राहुललगायतका भारतीय खेलाडीसँग कुराकानी समेत गर्न भ्याएका थिए ।


विराट कोहलीले भने अनाधिकृत रुपमा मैदानभित्र प्रवेश गरेको भन्दै ड्यानियल जार्भिसलाई गाली गरेको समाचारमा जनाइएको छ । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई मैदानबाट बाहिर निकालेका थिए । सोही घटनालाई लिएर आईसीसीले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

आईसीसीले उनीमाथि रंगशालामा उपस्थित भएर विश्वकपको कुनै पनि खेल हेर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । ‘विश्वकपका क्रममा भविष्यमा यस्ता घटना पुनः नदोहोरियोस् भन्नेमा हामी सचेत छौं,’ आईसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सन् २०२१ मा लन्डनमा आयोजित इङ्ल्यान्ड र भारतबीचको चौथो टेस्टका क्रममा पनि उनी सुरक्षाकर्मीलाई झुक्याउँदै मैदानमित्र प्रवेश गरेका थिए । त्यतिबेला उनले इङ्ल्यान्डका ब्याट्सम्यान जोनी ब्रेस्टोसँग बादबिवाद पनि गरेका थिए । 

त्यसपछि उनीमाथि मुद्दा चलाइएको थियो र त्यो घटनामा उनी दोषी पनि सावित भएका थिए । जार्भिसले मैदानमा प्रवेश गरी जोनी ब्रेस्टोसँग बिवाद गरेको घटना आफ्नो यूट्यूब च्यानलमा पनि पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी