२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज: अनुभवी भारतलाई चुनौती दिँदै उत्साही अफगानिस्तान

२०८०, २४ आश्विन बुधबार ०५:३९

असोज २४, काठमाडौं | आईसीसी एक दिवसीय विश्वकपमा बुधबार आयोजक राष्ट्र भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ । उक्त खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलाइने छ । दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो एक दिवसीय वरीयतामा भारत पहिलो स्थानमा छ भने अफगानिस्तान नवौँ स्थानमा रहेको छ । विश्वकपमा भारतको यो १३औँ सहभागिता हो भने अफगानिस्तानले तेस्रो पटक विश्वकप खेलेको हो । 


अफगानिस्तानले यसअघि सन् २०१५ र सन् २०१९ को विश्वकपमा सहभागिता जनाएको थियो । ती दुवै विश्वकपमा अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । यसको विपरीत भारत भने दुई पटकको विश्वकप विजेता राष्ट्र हो ।

भारतले सन् १९८३ मा पहिलो र सन् २०११ मा दोस्रो पटक एक दिवसीय विश्वकपको उपाधि चुमेको थियो । जारी विश्वकपमा पनि भारतले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो खेलमै पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई ६ विकेटले हराएपछि भारतको मनोबल उच्च बनेको छ ।

यद्यपि, प्रभावशाली युवा ओपनर शुभमन गिल भने अफगानिस्तानविरुद्धको खेलमा पनि टोलीमा सहभागी हुने छैनन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ओपनर ब्याट्सम्यानका रूपमा भारतलाई उत्कृष्ट सुरुआत दिँदै आएका गिललाई विश्वकप सुरु हुनुअघि डेङ्गु सङ्क्रमण भएको थियो । 

त्यसैले अस्ट्रेलियाविरुद्धको खेलमा पनि गिल अनुपस्थित थिए । पछिल्लो केही समययता ओपनरको भूमिकामा भारतीय कप्तान रोहित शर्माले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । अस्ट्रेलियाविरुद्धको खेलमा पनि भारतका दुवै ओपनर शर्मा र इशान किशन शून्य रनमै पेभेलियन फर्किएका थिए ।

त्यसपछि पूर्वकप्तान विराट कोहली र विकेटकिपर ब्याट्सम्यान केएल राहुलले भारतको पालीलाई समालेका थिए । कोहलीले ८५ र राहुलले अविजित ९७ रन बनाएका थिए । भारतीय बलरहरु भने लयमा देखिएका छन् । 

अस्ट्रेलियाविरुद्धको खेलमा रविन्द्र जडेजाले तीन तथा कुलदिप यादब र जसप्रित बुमराहले दुई—दुई विकेट लिएका थिए । अर्कोतिर, अफगानिस्तान भने आफ्नो पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७.२ ओभरमै केवल एक सय ५६ रनमा अलआउट भएको थियो । अफगानिस्तानका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाएका थिए । 

भारत अन्तर्राष्ट्रिय क्रिकेटमा निकै अनुभवी टेस्ट राष्ट्र हो । यसको विपरीत अफगानिस्तान भने लामो समयदेखिको युद्धको विभिषिकाबाट समालिएर अन्तर्राष्ट्रिय क्रिकेटमा ठूला उपलब्धिहरु हासिल गर्न सँघर्ष गरिरहेको राष्ट्र हो । 

यद्यपि, पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको उपलब्धिका कारण अफगानिस्तानको टोलीको मनोबल भने निकै उच्च देखिन्छ । 

जारी विश्वकपमा अफगानिस्तानलाई उपाधिको दाबेदारका रूपमा हेरिएको छैन । तर, केही खेलमा अप्रत्यासित नतिजा निकाल्दै बलिया टोलीहरुको यात्रामा भने अवरोध सृजना गर्न सक्ने क्षमता अफगानिस्तानको टोलीमा देखिन्छ ।

भारत र अफगानिस्तानले हालसम्म आपसमा तीनवटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेलेका छन् । त्यसमध्ये दुई खेलमा भारतले पाकिस्तानलाई हराएको छ । भारत र पाकिस्तानबीचको एउटा खेल भने बराबरीमा सकिएको छ । 

भारतले एक दिवसीय क्रिकेटमा दुवैपटक अफगानिस्तानलाई ‘न्यूट्रल भेन्यू’ मा हराएको हो । भारत र अफगानिस्तानबीच सन् २०१८ को सेप्टेम्बर २५ मा खेलिएको खेल बराबरीमा सकिएको थियो । त्यो खेल एसिया कपको ‘सुपर फोर’ चरणमा खेलिएको थियो । 

त्यो खेलमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले पनि ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ५२ रन नै बनाएको थियो । 

एक दिवसीय क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले बनाएको उच्च स्कोर दुई सय ५२ रन नै हो । भारतले बनाएको सबैभन्दा कम स्कोर भने आठ विकेट गुमाएर दुई सय २४ रन हो । भारतविरुद्ध अफगानिस्तानले बनाएको सबैभन्दा ठुलो स्कोर दुई सय ५२ रन हो भने सबैभन्दा कम स्कोर एक सय ५९ रन हो । 

यसैगरी अफगानिस्तानविरुद्ध उच्च स्कोर बनाउने भारतीय ब्याट्सम्यान विराट कोहली हुन् । उनले ६३ बलमा ६७ रन बनाएका छन् । भारतविरुद्ध उच्च स्कोर बनाउने अफगानिस्तानका ब्याट्सम्यान भने मोहम्मद सहजाद हुन् । उनले एक सय १६ बलमा एकसय २४ रन बनाएका छन् । 

यसैगरी अफगानिस्तानविरुद्ध एक दिवसीय खेलमा उत्कृष्ट बलिङ गर्ने भारतीय बलर रविन्द्र जडेजा हुन् । उनले एउटै खेलमा ३० रन खर्चिएर चार विकेट लिएका छन् । भारतविरुद्ध उत्कृष्ट बलिङ गर्ने अफगान बलर भने मोहम्मद नाबी हुन् । उनले ३३ रन खर्चिएर दुई विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो