2026-06-30 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले सात विकेटले हरायो बहराइनलाई

असोज २८, काठमाडौँ | एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ ।  मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे । 


त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए । दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए । 

त्यसअघि बहराइनले ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सकेको थियो । खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बहराइनका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

बहराइनका चौथो नम्बरमा क्रिज समाल्न आएका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ७७ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । मुहम्मद वासिलवाहेक बहराइनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल बलरसामु निरीह बनेका बहराइनका ओपनर ब्याट्सम्यान रिसब रमेश ६ रनमै पेभेलियन फर्किए । उनी टोलीका कप्तान पनि हुन् । 

अर्का ओपनर आयान ओबाइद सैयदले तीन रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साई सार्थक बादिराजु पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । मुहम्मद अदिल हक नवाज शून्य रनमै पेभेलियन फर्किए । बहराइनका पाँच ब्याट्सम्यान त शुन्य रनमै आउट भए । बहराइनले अतिरिक्त रुपमा १७ रन पाएको थियो । 

नेपाली टोलीका बलर दिपेश कँडेलले ६ विकेट लिए । उनले ९.५ ओभरमा आठ मेडन राख्दै केवल चार रन खर्चिएका थिए । दुर्गेस गुप्ताले पनि चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो । 

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सकेको थियो । त्यो खेलमा पनि नेपाली बलर दिपेश कँडेलले तीन विकेट लिएका थिए । सुवाष भण्डारीले पनि तीन विकेट लिएका थिए । यसका अतिरिक्त आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारेका थिए । 

इरानविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान एवं कप्तान देव खनालले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रे र ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि अर्धसतक बनाएका थिए ।  नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । दुई खेलबाट चार अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ । 

एक खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा छ । बहराइन र इरानले भने एक खेल पनि जित्न सकेका छैनन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपका लागि छनोट हुनेछन् । 

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ