असोज १९, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्फबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्फबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उच"/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ राजदुत राय

१९ आश्विन २०७३, बुधबार १२:३०

असोज १९, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्फबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् ।

उनले अघि थपे,‘पछिल्ला उच्चस्तरीय भ्रमणले द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नको लागि उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, अहिले भैरहेका द्धिपक्षीय भ्रमण केवल शिष्टाचारको लागि मात्रै होईनन, यो त ठूलो उपलब्धि हो ।’ उनले पछिल्लो समय भारतकी विदेशमन्त्री सुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गरेको र नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गरेको उल्लेख गर्दै थपे,‘सायद यस्तो प्रकारको उच्चस्तीय भ्रमण विश्वमै कहीँपनि भएको छैन ।’

साक्षात्कारमा बोल्दै राजदुत रायले भने,‘तिहारको भाईटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने, हाल भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रवुद्ध समूहको बैठक बसिरहेको छ, यी सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्याउँछ, दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।’

२१ औं शताब्दीमा नेपाल र भारत दुवै देशको एउटै उद्देश्य रहेको उल्लेख गर्दै राजदुत रायले भने,‘हामी दुवै देशको एउटै उद्देश्य छ, त्या भनेको आर्थिक समृद्धि नै हो, यसको लागि धेरै प्रयास र प्रयत्न गर्नुपर्छ, त्यति सजिलै यो उद्देश्य हाँसिल हुँदैन्, त्यसको लागि हामीले रफ्तार बढाउनुपर्छ, भारतको अहिले ७ दशमलवको जिडिपी रेट छ, तर हामी दोहोर अंकको आर्थिक वृद्धिको पक्षमा छौं, तर यो भारतले एक्लैले गर्न सक्दैन, चूनौति धेरै छ, भारतको अन्य देशको साथ साझेदारी गर्दै अघि बढ्नुपर्छ, हाम्रो लागि छिमेकी पहिलो प्राथमिकता छ ।’

यद्धपी उनले पछिल्लो समय भारतको उरीमा भएको आतंकवादी हमलाको निन्दा गर्दै भने,‘उरी हमलामा हाम्रा सैनिक जवानहरु मारिए, यो विषयलाई लिएर हाम्रो प्रधानमन्त्रीले पनि भन्नुएको छ कि, बम्बको आवाजमा वातचितको आवाज उझलिन्छ, त्यसैले विकास र समृद्धिको लागि एउटा राम्रो वातावरण बनाउनुपर्छ जसले मद्दत गर्न सकोस् ।’

त्यस्तै द्धिपक्षीय सम्बन्धमा एक अर्को देशलाई हित हुनेगरि पावर प्रोजेक्टहरु अघि बढाउनुपर्ने पक्षमा आफूहरु रहेको विश्वास दिलाए । उनले अघि थपे,‘नेपालसँग हामीले थुपै्र सम्भावित प्रोजेक्टहरु पहिचान गरेका छौं, जस्तो हाईड्रोपावर, भौतिक पूर्वाधार, व्यापार तथा लगानीसँग सम्बन्धित विषयहरु छन्,यी प्रोजेक्हरुलाई कसरी अघि बढाउने भन्नेमा हामी गम्भिर छौं ।’ राजदुत रायले हालै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेलामा समेत हाईड्रोपावरको विकास र भारतसँग भएको पिटीएको बारेमा गम्भिर छलफल भएको जनाए ।

भारतीय लगानीमा बन्ने अरुण तेस्रोको लागि पनि बजेट स्विकृति भैसकेकाले अब उक्त प्रोजेक्ट द्रुत गतिमा सञ्चालन हुने उनको विश्वास थियो । भारतले नेपालमा प्रोजेक्टहरु लिने गरेको तर समयमै कार्यसम्पन्न नगरेको बारेमा नेपालमा गुनासो भएको कुरालाई दुवै देशको सरकारले मध्यनजर गर्दै संयुक्त मेकानिज्म बनाउने सहमति भएको समेत उनले बताए ।

रायले भने,‘यो भारतले गरेन, त्यो नेपालले गरेन भनेर यहाँ विभिन्न टिकाटिप्पणी हुने गरेको छ, अब यो संयुक्त संयन्त्रले यसबारेमा काम गर्छ, प्रोजेक्टसँग सम्बन्धित पक्षलाई बोलाएर यसबारेमा प्रष्ट पार्छ ।’ उनले भारतीय प्रधानमन्त्री स्वयमले आँफै महत्वपूर्ण प्रोजेक्टहरुको बारेमा भारतमा कार्यसम्पादनबारे मुल्यांकन गरेको स्मरण गर्दै यसरी संयुक्त संयन्त्र बने द्धिपक्षीय पावर प्रोजेक्टहरुले गति लिने विश्वास व्यक्त गरे । ‘मलाई पूर्ण विश्वास छ, अनि आशा गरौं कि अब एक वर्षपछि प्रोजेक्ट कार्यान्वयन भएन भन्ने गुनासो रहँदैन र हुँदैन’, उनले थपे । कतिपय महत्वपूर्ण प्रोजेक्टहरुको शिल्यान्यास भैसकोले ती प्रोजेक्टहरु समयमै सम्पन्न हुने उनको विश्वास छ ।

भारत नेपालको साथसाथमा रहेर विकास गर्न चाहाने उल्लेख गर्दै राजदुत रायले भने,‘त्यसैले अब सबै खाले अविश्वास, आशंका, द्धिविधाहरु हटाउनुपर्छ, नेपालमा अशान्ति भए भारतलाई कहिल्यै फाईदा हुँदैन, दुवै देश विकास भए दुवै देशका नागरिकहरुलाई फाईदा हुन्छ, त्यसैले आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्धहरुले अझै गति लिओस् ।’

विकास साझेदारीको लागि नेपाल र भारत दुवै देशवीच उच्चस्तरीय राजनीतिक समझदारी बनेकोले आगामी दिनमा यसले गति लिनेमा आफू पूर्ण आशावदी रहेको राजदुत रायले बताए । उनले भने,‘हामी अहिले विल्कुलै नयाँ मोडमा छौं, यसलाई अझै धेरै गतिका साथ अघि बढाउनुपर्छ, द्रुत गतिको साझेदारी गर्नुपर्छ ।’

नेपाल र भारतवीच बनेको जोईन्ट कमिशन मेकानिज्मको बैठक समेत बस्ने र उक्त बैठकमा द्धिपक्षीय विषयमा कुरा हुने जनाउँदै भने,‘द्धिपक्षीय उपलब्धिका बारेमा कुरा हुन्छ, दुवै देशका पराष्ट्रमन्त्री रहने यो संयन्त्रले सुरक्षा, प्रोजेक्ट लगायतका बारेमा रिभ्यु गर्ने अर्थात समिक्षा पनि गर्नेछ, यो बैठक धेरै महत्वपूर्ण हो, द्धिपक्षीय विकास विषयमा केन्द्रित हुनेछ ।’ उनका अनुसार संयुक्त संयन्त्रको बैठक भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण अगावै हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी