2026-08-23 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिकोणात्मक टी-२० आई शृंखला: कप्तान रोहित भन्छन्- नतिजा राम्रो आउने गरीको तयारी छ

असोज ३०, काठमाडौँ |  नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलिबाट सुरू हुँदैछ । टी-२० आई शृंखलाको ट्रफी मंगलबार सार्वजनिक गरिएको । नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका छन् । हङकङ टोली भने काठमाडौं आइसकेको छैन ।

मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । प्रतियोगिताअघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टीममा असर पर्नु स्वाभाविक रहेको उनको भनाइ थियो ।

क्यानका सचिव पारस खड्काले मुलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए । सन्दीपसँग निरन्तर छलफलमा रहेको र नेपाली परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उनको भनाइ छ ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ । खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टीमको घोषणा समेत गरिसकेको छ । नेपाली टीमको सूचीमा सन्दीप लामिछानेको इच्छाअनुसार त्रिकोणात्मक सिरिजमा समावेश गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो