2026-06-26 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

कार्तिक १, काठमाडौँ | काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनायो ।

खेलको प्रारम्भमै चार विकेट गुमाएको यूएईले त्यसपछि भने आक्रमक ब्याटिङ गरेको थियो । यूएईका लागि पाँचौँ र छैठौँ नम्बरका ब्याट्सम्यानले ५६ रनको साझेदारी गरे । यूएईका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान अली नासिरले ३२ रनको योगदान गरे ।  छैठौँ नम्बरका क्रिज समाल्न आएका बासिल हमिदले अर्धसत बनाए । उनले आक्रामक पाली खेल्दै केवल ३८ बलको सामना गरी चार छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए । यूएईले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।


नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिएका थिए । गुल्सन झाले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा ११ रन खर्चिए । सोमपाल कामी र अविनाष बोहराले एक—एक विकेट लिए ।  सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई पहिलो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्काएका थिए । सोमपालले खालिदलाई आफ्ना कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको थियो ।

यूएईको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३.१ ओभरमा गुमाएको थियो ।   

यसैगरी यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । ६.१ ओभरमा ओपनर ब्याट्सम्यान वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको थियो ।

यूएईको चौथो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका आसिफ खानलाई १५ रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । आसिफले १२ बलमा दुई चौका हिर्काएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । ८.४ ओभरमा चौथो विकेट गुमाउँदा यूएईले ५२ रन बनाएको थियो ।

यसैगरी यूएईको पाँचौँ विकेट करण केसीले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए । नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काए । 

यसैगरी यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । फराजुद्दिनलाई उनले आिसफ शेखद्वारा क्याच गराएका थिए । 

यूएईको सातौँ विकेट भने अविनाष बोहराले लिएका हुन् । उनले यूएईका बासिल हमिदलाई ५१ रनमा आउट गराए । हमिदको क्याच पनि आशिफ शेखले लिए । हमिदले ३८ बलमा चार छक्का र एक चौका हिर्काएका थिए ।

नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ