कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।
उनले राथलाई आसिफ शेखद्वारा क्याच गराए । त्यसअघि करणले पहिलो बलमै विकेट लिएका थिए । उनले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका थिए । निजाकत हङ्कङका कप्तान पनि हुन् । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।