२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

२०८०, १३ कार्तिक सोमबार ०६:२५

कात्तिक १३, काठमाडौँ | सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।

नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २-२ विकेट लिएका थिए ।

नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ