2026-11-01 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका खेल गुमाउने

कात्तिक १३, काठमाडौँ | क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।

अब नेपालले एक साताभित्र बढीमा चार र कम्तीमा दुई खेल खेल्नेछ। नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ। त्यसअघि उनी मैदान फर्कने सम्भावना न्यून छ।

उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेल गुमाएका थिए। 

उनको स्थानमा विवेक यादवले सिंगापुरविरूद्धको खेलमा स्थान बनाएका थिए।

अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरूद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। उच्च लयमा रहेको बेलामा घाइते भएसँगै दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द